२०७९ जेष्ठ २ गते सोमवार

त्रिपुरासुन्दरीमा आधारभुत अस्पताल शिलान्यास



डोल्पा १ चैत्र: त्रिपुरासुन्दरी नगरपालिकामा बन्न लागेको आधारभुत अस्पताल भवनको शिलान्यास गरिएको छ ।
नगरपालिका अन्तर्गत वडा नं १ मा पर्ने रल्लीमा कार्यवाहक नगर प्रमुख चन्द्राकुमारी बुढा र बिजि शृष्टी निर्माणका प्रोपराइटर तिलाकुमारी केसीले संयुक्त रुपमा उद्घाटन गरेकाहुन् ।
नगरपालिका भित्रका जनतालाई आधारभुत स्वास्थ्य सेवा पु¥याउने उदेश्यले निर्माणहुन लागेको आधारभुत अस्पस्तालकालागि पहिलो चरणमा ३ करोड ५७ लाख बजेट बिनियोजन भएको छ ।
करिब पन्ध्र रोपनी क्षेत्रफलमा बन्न लागेको उक्त अस्पताल निर्माणको जिम्मा रेली गियर बुद्ध हिमाली र विजि शृष्टी निर्माणले संयुक्त रुपमा जिम्मा लिएकाछन् ।
तीन बर्ष भित्रै अस्पताल भवन निर्माणकार्य पुरा गरिने निर्माण कम्पनीले जनाएको थियो ।
दोस्रो चरणको अस्पताल भवन निर्माणकालागि १३ करोड रकमको लागत अनुमान गरिएको बताइएको छ ।

देशभरका ३ सय ९ स्थानीय तहमा आधारभुत स्वास्थ्य सेवा पु¥याउने सरकारको लक्ष्य अनुरुप दुई बर्ष अघि अस्पताल निर्माणकालागि बजेट विनियोजन गरिएको थियो ।

 

प्रकाशित मिति : २०७८ चैत्र १ गते मङ्गलवार