२०८० जेष्ठ १९ गते शुक्रवार

शे–फोक्सुण्डो निकुञ्जले बाँड्यो वन्यजन्तु पिडितलाई घर आँगनमै राहत



डोल्पा १९ फागुन: हिमाली जिल्ला डोल्पामा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले घर आँगनमै पुगेर वन्यजन्तु पिडित सर्वसाधारणलाई राहत वितरण गरेको छ ।
निकुञ्ज भित्र संरक्षण दुर्लव वन्यजन्तु हिँउ चितुवा ब्वाँसो लगायतका वन्यजन्तुले मध्येवर्ती क्षेत्र भित्र बसोबास गर्ने सर्वसाधारणका पशु चौपायलाई क्षति पु¥याएपछि क्षतिपुर्ती स्वरुप घर आँगनमै पुगेर राहत वितरण गरिएको हो ।
आठौँ राष्ट्रिय चोरी शिकारी नियन्त्रण युवा जागरण अभियान कार्यक्रमका अवसरमा त्रिपुरासुन्दरी नगरपालिकामा सरोकारवाला सहितको भव्य औपचारीक कार्यक्रमा बिच पिडित सर्वसाधारणलाई ८ लाख २० हजार नगत राहत बितरण गरिएको निकुञ्जका रेञ्जर रामु केसीले जानकारी दिनुभयो ।
निकुञ्जले सर्वसाधारणको घर आँगनमै पुगेर राहत वितरण गरेपछि सर्वसाधारणले खुशी व्यक्त गरेको उहाँको भनाई छ ।
कार्यक्रममा उपस्थित सरोकारवाला व्यक्तिहरुले निकुञ्जलाई शुन्य चोरी शिकारी क्षेत्र बनाउन आजैबाट सबैजनाले हातेमालो गरेर अगाडी बड्नु पर्ने बताए ।
त्यसैगरी कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिकाका कार्यवाहक प्रमुख चन्द्राकुमारी बुढा,निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारी,मध्येवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गणेश रोकाय,रामवाण गुल्मका सेनानी इश्वर थापा,विश्व वन्यजन्तु कोष डोल्पा प्रतिनिधि चन्द्रजंग हमालले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
डोल्पाको शान र नेपालकै महत्वपुर्ण एवं नेपालकै ठुलो निकुञ्जको रुपमा रहेको शे–फोक्सुण्डो निकुञ्जको संरक्षणका निमित्त निकुञ्ज,सेना र सर्वसाधारणको त्रिकोणात्मक सम्बन्ध रहेको प्रष्ट पारे ।
कार्यक्रममा चोरी शिकारी नियन्त्रणमा भएका उपलब्धि,समस्या र चुनौतिका बिषयमा समेत व्यापक अन्र्तक्रिया समेत गरिएको थियो ।
कार्यक्रमका अवसरमा चोरी शिकारी नियन्त्रणमा उल्लेख्य योगदान पु¥याएको भन्दै त्रिपुरासुन्दरी नगरपालिका २ का निमा लामालाई पंशसा पत्र सहित निकुञ्जले पुरस्कृत समेत गरेको छ ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको आयोजना,विश्व वन्यजन्तु कोषको आर्थिक सहयोग र रामवाण गुल्मको सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न मध्येवर्ती क्षेत्रका पदाधिकारी,चोरी शिकारी नियन्त्र समितिका पदाधिकारी,जनप्रतिनिधि,वि.व्य.स पदाधिकारी, युवा,शिक्षक लगायत सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
यसै विच रामबाण गुल्मले खोप कार्यक्रम पनि सम्पन्न गरेको छ ।
विभिन्न कारणले कोरोना महामारि बिरुद्धको राष्ट्रिय खोप अभियानमा छुटेका करिब पचास जना सर्वसाधारणलाई खोप लगाइएको रामवाण गुल्मका गुल्मले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०७८ फाल्गुन १९ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?