२०८० जेष्ठ २७ गते शनिवार

राज्यले नदेखेकाे सुदुरकाे कारुणीक यथार्थ चित्र ‘नुनको भारी’ सार्वजनिक ! (भिडियो सहित )



रामचन्द्र न्याैपाने,
काठमाडौँ । राज्यकाे शासन शहरमा छ ।शहरमा गगनचुम्बी महल छन् ।त्यहा सुकिला मुकिला र पुँजीपति वर्गछन्। चिल्ला सडकछन,माेटर गाडीछन् शिक्षा,स्वास्थ, राेजगार ,झिलिमिलि हर तरहका सेवा सुविध छन्।सरकार तिनै शहरकाे चाैकीदारी गरिरहेकाे छ ।अझ तिनै सहरकाे रंगरोवनमा अहाेरात्र लागिरहेकाे छ ।सुदुर कर्णालीमा झुत्रा मान्छे छन,चुहिने छाना छन्। छाना भित्र प्राण छ। त्यहाँ निष्पट्ट आशा छन् ।निश्चल र सफा मन छ ।मुझा परेका निधार छन् ।थाप्लाे माथि नाम्लाका डाेरी छन्।त्यहाँ सडक छैन् ।नुन छैन्।चामल छैन्,बाटाे छैन।सिटामाेल छैन। राेगीकाे उपचार छैन् ।शहर जस्तै झिलिमिलि पनि छैन् ।सुदुरका नागरिकले शहर पनि राम्रोसँग देखेका छैनन् । उनिहरुकाे एउटै राेधन छ शहरकाे जस्तो सुविधा कहिले गाउँमै पाइएला। याे जुनी वा अर्काे जुनीमा यस्तै अनुत्तरित प्रश्नकाे जवाफ उनिहरुले बर्षाै देखि खाेजी रहेकाछन्।एकपटक भएपनि शहर देख्ने चाहाना जिउका तिउँ छ ।आफुले बरु भाेकाे पेटमै रात काट्नु किन नपराेछ ।छाेराले राम्रो शिक्षा पावस भन्ने चाहाना ती बुवा आमाकाे छ ।आफ्ना छाेराेछारी बस चढेर स्कुल जानपावउ भन्ने चाहाना पनि झुत्रे आवरण भित्रकाे हृदयमा प्रष्ट झल्किन्छ ।देख्छन् सुन्छन छाेरा छाेरीले पनि अनि घाेत्लिन्छन् मेराे बुवा आमा सुल जागेर किन अकालमै मर्छन हाेला ? ज्वराेले किन मर्छन् हाेला । मेरी आमाले बहिनी पाउन नसकेर किन अकालमै ज्यान फाल्नु पर्याे हाेला ? यस्तै हजाराैँ अनुत्तरित प्रश्नहरु प्राय सुदुरका नागरिकका मनमा खेलिरहन्छन् ।यस्तै परिदृश्यमा आधारित नुनकाे भारी बाेलकाे गितकाे म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ ।यस भिडियोले सुदुरका नागरिकको वास्तविक यथार्थलाई प्रष्ट झल्काएकाे छ ।सबै नागरिकप्रतिकाे राज्यको दायित्वलाई खाेट लगाएको छ । भौगोलिक रुपमा बिकट सुदुरका नागरिकको पीडा समेटिएको भिडियो शुक्रबार सार्वजनिक भएको हाे ।याे सुन्दर हिमाली जिल्ला डाेल्पामा छायांकन गरिएको हाे ।
गायक बादल थापा मगरको कर्णप्रिय स्वर तथा संगीतमा रहेकाे ‘नुनको भारी’बोलको गीतले सुदुरका नागरिक भित्रकाे पिडाभाव र आँसु बाेलेकाे छ ।उनकाे जादुमय स्वरले सुदरका नागरिकको पीडा विश्वमाझ गुञ्जायमा गराएको छ । त्यसैगरि श्रष्टा लेखराज गिरीले रचेका ती शब्दले गणातान्त्रिक एवं समावेशी राज्य संयन्त्रको मर्ममा प्रहार गरेकाे छ ।जनताले भाेगेका घटना र मनभित्रका असैह्य पीडा बाेलेकाे छ । सदियाैँ देखि धुइसी परेका भुँई मान्छेका पिडाका अलिखित दस्तावेजकाे चुकुली उघारेकाे छ ।भिडियो मार्फत विश्वमाझ देखाएको छ । भिडियाेकाे निर्देशन बिनय पौडेलको गरेकाछन भने छायांकन भीमसेन कल्याल ठकुरीले गरेकाछन् ।त्यसैगरी यस भिडियोमा चर्चित रेलकाे बाटाे बाेलकाे गितमा जीवन्त अभिनय प्रस्तुत गरेका कर्णालीकाे माटाेकाे आवाज बाेल्ने चर्चित कलाकार लक्ष्मण देवकोटा र सरस्वती खत्रीको जिवन्त अभिनय रहेको छ ।भिडियोमा स्थानीय कलाकार वसन्त उदासले पनि उत्कृष्ट अभिनय देखाएकाछन् । सार्वजनिक भएको छाेटाे समयमै धेरै रुचाइएकाे छ भने सामाजिक सञ्जालमा उच्च प्रशंसा पनि भइरहेको छ ।भिडियोको सम्पादन पदम सुवेदीले गरेका छन्।https://youtu.be/HXzRZHlPkms

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?