२०८० जेष्ठ २७ गते शनिवार

कर्णालीमा माओवादी केन्द्रले गर्याे गैह्र सांसदलाई मन्त्री बनाउने निणर्य,पार्टीमा भित्रै चर्काे बिराेध !



काठमाडौ २१ माघ,
कर्णाली प्रदेशमा माओवादी केन्द्रको कोटाबाट गैह्र सांसद मन्त्री बन्ने भएकाछन् ।
पार्टीमा निर्वाचित सांसदहुँदाहुँदै पुरातात्विक मुर्ति चोरी प्रकरणमा सजाय भुक्तान गरेका हुम्लाका कार्चेन लामालाई मन्त्री बनाउन लागिएको हो ।
आर्थिक प्रलोभनसँगै प्रदेशगत राजनिति सोझ्याउन माओवादी केन्द्रका केही नेताहरुले अध्यक्ष सँग लभिङ गरेर कर्णालीका जनताको जनमत माथि कुठाराघात गरेको सांसदले बताए ।
पार्टीमा निर्वाचित र योग्य दक्ष सांसद हुँदाहुँदै पनि गैह्र सांसद मन्त्री बनाउने निर्णयले पार्टीको राजनितिमा ठुलो धक्का लाग्नसक्ने चेतावनी समेत सांसदहरुले दिएकाछन् ।
समानुपातिक समावेशी सिद्धान्त अनुसार महिला सांसदलाइ सरकारमा प्रतिनिधित्व गराउनुपर्ने भएपनि पुरुष त्यसमा पनि चोरी मुद्धाको सजाय काटेको गैह्र सांसदलाई मन्त्री बनाउने निर्णय गर्नुले पार्टीको विधि पद्धतीमा कालाे दाग लागेको उनिहरुको बुझाई छ ।
पार्टीको एकतन्त्रीय निर्णयले प्रर्याप्त जनमत र जीवननै राजनीतिमा सुम्पेका नेता सांसदहरु नेतृत्व प्रतिनै चिडिएकाछन् ।
पार्टीका प्रमुख सचेतक ठम्मर बिष्टले त सामाजिक सञ्जालमै लेखेर पार्टीको निर्णयको बिरोध गरेकाछन् ।यो निर्णयले पार्टीकै साख समेत गिरेको उनको भनाइ छ ।
त्यतिमात्र नभई तत्काल यो निर्णय सच्याउन प्रदेश कमिटिलाई आग्रह समेत गरेकाछन् ।
प्रदेश कमिटीले गलत निर्णय गरेकाे भन्दै पार्टी भित्रबाटै नेता सासंदले चर्काे विराेध गरेकाछन् ।

 

प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?