२०८० असोज ७ गते आइतवार

एमाले डाेल्पाकाे अध्यक्षमा बुढा,सांसद बुढालाई फर्काउने देखि जिल्लामा पहिलो पार्टी बनाउने घाेषणा !



रामचन्द्र न्याैपाने
डाेल्पा २४ पुस :नेपाल कम्युनिष्ट पार्टी एमालेकाे जिल्ला अध्यक्षमा युवा नेता शेरबहादुर बुढा निर्वाचित भएकाछन् ।
पार्टीको छैटौँ जिल्ला अधिवेशनबाट छ जना आकाङ्क्षी भित्र सहमति जुटाउँदै बुढा अध्यक्षमा निर्विरोध निर्वाचित भएकाहुन् ।
पार्टी भित्र क्रियाशील आधादर्जन नेताहरुकाे अध्यक्षमा दाबी भएपनि आन्तरिक छलफलबाट आफुलाई अध्यक्षमा सहमति जुटेकाे बुढाले बताए ।
देशमा अझैपनि एमाले पहिलाे शक्ति भएको दाबी गर्दै आगामी चुनावमा डाेल्पामा पनि पहिलो पार्टी बनाउने नव निर्वातित अध्यक्ष बुढाले बताए ।
एमालेकाे गढकाे रुपमा रहेकाे उपल्लो डाेल्पामा पछिल्लो समयमा आएको राजनितीक विचलनकाे अन्त्य गर्ने उनकाे दाबी छ ।
अहिले जुन पार्टीमा गएपनि बिस्तारै सबै एमालेमा फर्किने उनकाे भनाइ छ ।
त्यसैगरी प्रतिनिधि सभा सदस्य समेत रहनुभएका लाेकप्रिय नेता धनबहादुर बुढा अहिले समाजवादी पार्टीमा गएपनि पुरानै पार्टीमा फर्काउने प्रयास भइरहेकाे बुढाले बताए ।
उहाँले बाटाे विराउँदा नेता कार्यकर्तामा केही निरासा छाएकाे पक्कै हाे,तर उहाँलाई फर्काउने प्रयास जारी छ,उहाँ पुरानै घरमा फर्किने कुरामा पुर्ण रुपमा विश्वस्त छाै बुढाले भने ।
जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका बुढा प्रभावशाली युवा नेताकाे रुपमा परिचित छन् ।
अध्यक्ष पदकाकालागि निवर्तमान अध्यक्ष तुलाचन्द्र बुढा,उप-सचिव बिष्णु बहादुर राेकाय,जिल्ला समन्वय समितिका उपप्रमुख नरबहादुर बुढा,एमाले प्रदेश कमिटी सदस्य लंक बहादुर शाही र नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेशका अध्यक्ष पुर्णबहादुर डाँगीले दाबी गरेका थिए ।
अन्तिममा सबैले बुढालाइ समर्थन जनाएकाहुन् ।
त्यसैगरी पार्टी सचिवमा युवा नेता लंकबहादुर राेकाय निर्विरोध निर्वाचित भएकाछन् ।
अन्य पदकालागि छलफल जारी रहेकाे बताइएको छ ।

 

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?