२०८० असोज ९ गते मङ्गलवार

डाेल्पा एकसाता देखि अन्धकारमा,समस्या समाधानमा जिल्लाका नेतृत्व सँधै उदासीन !



रामचन्द्र न्याैपाने
डाेल्पा १९ पुस : हिमाली जिल्ला डाेल्पामा विद्युत आपूर्ति बन्द भएपछि एकसाता देखि अन्धकार भएको छ ।
सदरमुकाम दुनै स्थित जैरीगार्ड जलविद्युत आयाेजनाकाे जेनेरेटरमा समस्या आएर विद्युत सेवा अवरुद्ध भएपछि अन्धकार भएकाे हाे।
विद्युत सेवा अवरुद्धहुँदा सदरमुकाम दुनै,ठुलीभेरी नगरपालिकाका र त्रिपुरासुन्दरीकाका बस्तीहरुमा अन्धकार छाएको छ ।
पालाे पर्खेर सेवा लिनुपर्ने बत्ती पनि अवरुद्ध भएपछि नागरिकहरु दियालाे र तेलकाे बत्ती बालेर रात काट्नुपर्ने बाध्यता भएकाे पत्रकार टेकबहादुर शाहीले बताए ।
हिँउदकाे जाडाे बड्दै गएपनि बत्ती नहुँदा हिटर लगायतका विद्युतिय उपकरण प्रयाेग गर्न नसकिएको र जनजीवन कष्टकर भएकाे उनकाे गुनासो छ ।
बत्ती नहुँदा विभिन्न तहमा अध्ययनरत विद्यार्थीका साथै लाेकसेवा शिक्षक सेवा आयाेगकाे तयारी गरिरहेका परीक्षार्थीहरुलाई रातिकाे समयमा अध्ययनकालागि समस्या भएकाे छ ।
त्यतिमात्र नभई रातिकाे समयमा बुढाबुडी बालबालिकालाई रातिको समयमा भित्रबाहिर गर्न समस्या भएकाे उनिहरुकाे गुनासाे छ ।
बत्ती नहुँदा माेवाईल चार्ज गर्न टिभिहेर्न समस्या भएको नागरिक बताउँछन्।
विभिन्न कारणले जैरिगार्ड जलविद्युत पटक-पटक अवरुद्धहुने गरेता पनि दिगाे र भरपर्दो बनाउनकालागि जिल्लाका नेतृत्वहरु सधै उदासीन बनेकाे नागरिककाे बुझाइ छ ।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?