२०८० चैत्र ६ गते मङ्गलवार

निजामती कर्मचारी युनियन डाेल्पाकाे आठाैँ जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न,अध्यक्षमा आर.सी !



रामचन्द्र न्याैपाने
डाेल्पा २४ पुष : नेपाली काङ्ग्रेस निकट कर्मचारीकाे सुभेच्छुक संगठन नेपाल निजामती कर्मचारी युनियन डाेल्पाले आठाैँ जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।
आइतबार सदरमुकाम दुनैमा निवर्तमान अध्यक्ष श्री कर्णदत्त न्याैपानेकाे सभापतित्व,नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य श्रीनारायण  कार्कीकाे प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हाे ।
नेपाल शिक्षक संघ केन्द्रीय कार्य समिति सदस्य श्री लक्ष्मण कार्कीकाे संयाेजकत्वमा गठित तीन सदस्यीय निर्वाचन मण्डलले सर्वसम्मत पदाधिकारी निर्वाचित गरेकाे नव निर्वाचित सचिव दलबहादुर बस्नेतले जानकारी दिए ।
अधिवेशनबाट अध्यक्ष- दिर्घ आर. सी,उपाध्यक्षमा शेर बहादुर शाही, मिना शाही र केशव सुनार,सचिवमा दलबहादुर बस्नेत,सह-सचिवमा गाेरख बहादुर शाही काेषाध्यक्षमा टेकराज बराल सहित १५ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरिएको उनले बताए ।
निजामती कर्मचारी युनियनकाे आसन्न केन्द्रीय महाधिवेशन नजिकिदै गर्दा डाेल्पामा भव्यताका साथ जिल्ला अधिवेशन सम्पन्न गरिएको हाे ।
सहायक प्रमुख जिल्ला अधिकारी बम बहादुर नेपाली विशेष आतिथिकाे रुपमा अधिवेशनमा सहभागी भएका थिए ।

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?