२०८० असोज ९ गते मङ्गलवार

डाेल्पामा नेकपा(एस)पहिलो शक्ति बन्ने नेताहरुकाे दाबी,पार्टी कार्यालय उद्घाटन !



रामचन्द्र न्याैपाने,
डाेल्पा २४ मंसिर : हिमाली जिल्ला डाेल्पामा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पहिलाे शक्ति बन्ने नेताहरुले दाबी गरेकाछन् ।
जिल्ला पार्टी कार्यालय उद्घाटन तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा डाेल्पा पुगेका पार्टी उप-महासचिव तथा कर्णाली प्रदेश ईन्चार्ज प्रकाश ज्वालाले यस्तो बताएका
हुन् ।
त्यतिमात्र नभइ एमाले अध्यक्ष केपी अाेलीका कारण पार्टी फुटेकाे बताउँदै वास्तविक समाजवादकाे यात्रामा आफ्नाे पार्टी अगाडि बडिरहेकाे उनको भनाइ छ ।
डाेल्पाली जनताकाे मन जितेका नेताहरुनै समाजवादीमा भएकाले आगामी निर्वाचनमा डाेल्पामा संघ प्रदेश र स्थानीय तहमा समाजवादीले नेतृत्व गर्ने उनकाे भनाई थियाे ।
कर्णाली प्रदेश अध्यक्ष अमरबहादुर थापा,पाेलिट व्युराे सदस्य हंश बहादुर शाही र जिल्ला अध्यक्ष नन्द सिँह बुढाले पनि डाेल्पामा एकीकृत समाजवादी पहिलो शक्ति बन्ने दाबी गरे ।
नेताहरुले डाेल्पामा समाजवादी पार्टीमा प्रवेश गर्ने लहर चलेकाे बताए ।
प्रशिक्षण कार्यक्रमका बिच नेकपा माअाेवादी केन्द्रका काइके गाउँपालिकाका महिला इन्जार्ज मिलन शाही लगायत ६० जनाले समाजवादी पार्टीमा प्रवेश गरेकाछन् ।
कार्यक्रमलाई सफल पार्न जिल्ला भरिवाट आस्थावान नेता कार्यकर्ता,विभिन्न भातृ संगठनमा प्रमुख एवं प्रतिनिधिहरुकाे बाग्लाे उपस्थिति भएका थिए ।
डाेल्पामा जनप्रिय नेताकाे रुपमा चिनिएका एसका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज धनबहादुर बुढा पनि पार्टीको कार्यक्रममा उपस्थित भएनन् ।
अस्वस्थ भएको बताउँदै उनी कार्यक्रममा नआएको र सुभकामना शन्देस पठाएको बुझिएको छ ।
बुढाकाे अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको एसका केही नेता पार्टीका शुभचिन्तकले टिप्पणी गरेकाछन् ।
त्यसैगरी प्रदेश क ईन्चार्ज तथा मेयर गणेश बहादुर शाही पनि पार्टीको कार्यक्रममा उपस्थित भएनन् ।
रातिदेखि बिरामी परेपछि एका बिहानै उपचारका लागि जहाजमा काठमाडौ झरेका बताइएको छ ।
यसैबीच नेकपा एकिकृत समाजवादीकाे जिल्ला पार्टी कार्यालय पनि अाैपचारीक रुपमा उद्घाटन गरिएको छ ।
सदरमुकाम दुनैमा पार्टी कार्यालय उद्घाटन गरिएकाे हाे ।

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?