२०८० असोज ७ गते आइतवार

पुर्व राज्यमन्त्री बुढाकाे आर्थिक सहयोगमा भलिबल प्रतियोगिता,लिकु बन्यो बिजेता !



रामचन्द्र न्याैपाने,
डाेल्पा २४ मंसिर :डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ अन्तर्गतको खेलकुद समितिले मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयाेजना गरेको छ ।
नगरपालिकाका युवाहरुलाई खेलकुदमा अग्रसर बनाउन बनाउन वडा स्तरीय भलिबल प्रतियोगिता आयाेजना गरिएको आयाेजक खेलकुद समितिले जनाएको छ ।
डाेल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पुर्व राज्यमन्त्री धनबहादुर बुढाकाे २ लाख ५० हजार आर्थिक सहयोगमा खेल आयाेजना गर्दै खेल सम्पन्न गरिएको आयाेजक टिमका युवा सागर श्रेष्ठले जानकारी दिए ।
स्थानीय युवाहरुकाे अनुरोधमा मन्त्री बुढाले आर्थिक सहयोग गर्नुभयाे,त्यहि भएर पनि खेल आयाेजना भयाे,अन्य खेलप्रमी व्यक्तित्वहरुले पनि आर्थिक सहयोग गर्नुभयाे श्रेष्ठले भने ।
वडा नं ७ अन्तर्गत पर्ने भाेरगाउँमा आयाेजना गरिएको भलिबल प्रतियोगितामा बिजेता भने लिकुकाे युवा टिम भएको थियाे ।
उक्त टिमले अन्तिम अवस्थामा उत्कृष्ट खेल प्रदर्शन गर्दै ५० हजार नगत,कप,मेडल सहित प्रमाणपत्र जित्न सफल भएको छ ।
त्यसैगरि द्वितिय पुरस्कार भने मुहुकाे युवा टिमले जितेकाे छ ।
लिकुसँगकाे खेलमा जितकाे नजिक पुगेर हार व्यहाेराेकाे उक्त टिमले ३५ हजार नगत,मेडल सहित प्रमाणपत्र जित्न सफल भएको छ ।
त्यसैगरी तृतीय पुरस्कार छल युवाकाे टिमले जितेको छ
उक्त टिमले २५ हजार नगत,मेडल र प्रमाणपत्र जित्न सफल भएको छ ।
सान्त्वना पुरस्कार लिकुकाे विद्यालय टिमले १० हजार नगत सहित प्रमाणपत्रहरु प्राप्त गरेकाे छ ।
समापन कार्यक्रममा सभाध्यक्षता लाेकेन्द्र केसीले गरेका थिए ।त्यसैगरी प्रमुख अतिथि वडा नं ८ का अध्यक्ष धनबहादुर रावतले गरेका थिए ।
विशेष अतिथिकाे रुपमा युवा नेता विमल पहाडी,समाजसेवी बिष्णुलाल केसी,समाजसेवी देवचन्द्र राेकाय,माेहन पहाडी,प्रेम पहाडी लगायत व्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे ।
मंसिरकाे कठ्याङ्ग्रिदाे चिसाे पनि निरन्तर खेल चार दिनसम्म चलेकाे थियाे ।अन्तिम चरणकाे खेल अवलोकनकालागि विभिन्न गाउँबस्तीबाट एक हजार धेरै सर्वसाधारण आएका थिए ।कसले कति सहयोग गरे
१.धनबहादुर बुढा २ लाख ५० हजार
२.विमाकर पहाडी रु ३० हजार
३.प्रेम पहाडी ५ हजार
४.धन बहादुर रावत ५ हजार
५.देवचन्द्र राेकायले ५ हजार लगायतका व्यक्तिले खेललाई आर्थिक सहयोग गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?