२०८० जेष्ठ १९ गते शुक्रवार

सात दिने ‘अल्टिमेटम’ दिँदै सांसद शाहीले गराए वायुसेवा निगमको ध्यानाकर्षण !



रामचन्द्र न्यौपाने,
डोल्पा ९ मंसिर : नेपाल एयरलाइन्सको जहाज पठाउन माग गर्दै नेपाल वायु सेवा निगमको क्षेत्रिय कार्यालय नेपालगञ्जको ध्यानाकर्षण गराइएको छ ।
कर्णाली प्रदेश सभा सांसद बिरबहादुर शाहीको नेतृत्वमा बिहिवार गएको डोल्पालीहरुको टोलिले लिखित पत्र सहित क्षेत्रिय प्रवन्धकको ध्यानाकर्षण गराएको हो ।
सरकारी जहाज नेपाल एयरलाइन्सले कर्णालीका रुकुम(पश्चिम),जुम्ला,मुगु लगायतका जिल्लामा नियमित उडान गरेपनि दुर्गम जिल्ला डोल्पामा अहिलेसम्म पनि उडान नगरेर बिभेद गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
डोल्पाली नागरिककालागि भरपर्दो यातायातको साधनको रुपमा रहेको हवाइजहाजनै रहेकालागि तुरुन्तै नेपाल एयरलाइन्सले नियमित उडान गर्नुपर्ने माग राख्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको सांसद शाहीले बताए ।
डोल्पासम्म सडक सञ्जालको राम्रो सुविधा नहुँदा बिरामि,बिद्यार्थि र आम सर्वसाधारणलाई जिल्ला बाहिर आवत–जावत गर्न ठुलो समस्या झेल्नु परेको शाहीको भनाइ छ ।
“सात दिने अल्टिमेटम सहित क्षेत्रिय प्रवन्धकको ध्यानार्षण गराएका छौ,उहाँबाट पनि कुरा सकारात्मक आएको छ,समय सिमा भित्र उडान भएन भने क्षेत्रिय कार्यालयमा तालाबन्दी सहित आन्दोलन गर्ने चेतावनी समेत दिएका छौँ”शाहीले भने ।
नेपाल एयरलाइन्सले हप्तामा तीनवटा उडान गरेपनि डोल्पाका दुखि, गरिब,विपन्न लगायतका नागरिकलाई निकै राहतहुने उहाँको विश्वास छ ।
जुफाल विमानस्थलमा उडान गरिरहेका तारा,समिट लगायतका निजि एयरलाइन्स कम्पनीले पावर र पहुँचका आधारमा टिकट वितरण गर्ने भएपछि आम सर्वसाधारणले हवाइ टिकटको ठुलो सास्ती खेप्न बाध्यछन् ।

 

प्रकाशित मिति : २०७८ मङ्सिर ९ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?