२०८० जेष्ठ २६ गते शुक्रवार

डाेल्पा काङ्ग्रेसको सभापतिमा शाही बिजयी !



रामचन्द्र न्याैपाने,
डाेल्पा ८ मंसिर: नेपाली काङ्ग्रेस डाेल्पाकाे सभापतिमा दिपेन्द्र बहादुर शाही बिजय भएकाछन् ।
उनी २ सय ३७ मत ल्याएर बिजयी भएकाहुन् ।
तत्कालीन सभापति अंगतकुमार बुढालाई ७९ मतले पराजित गर्दै शाही बिजयी भएकाहुन् ।शाही देउवा प्यानलकाहुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी बुढाले १ सय ५८ मत ल्याएका छन् ।अर्का उम्मेदवार गा‌ैरीशंकर उपाध्यायले २३ मत र दूध कुमारी हमालले ११ मत ल्याएर पराजित भएकाछन्।
दुई सिट रहेकाे उप-सभापतिमा २ सय ४४ मत सहित पुर्ण शाही बिजयी भएकाछन् ।लब कुमार शाही पनि २ सय १० मत ल्याएर बिजयी भएकाछन् ।उप सभापतिमा निर्वाचित दुबै शाही देउवा प्यानल हुन् ।
उप-सभापतिका उम्मेदवार श्याम राेकायले २ सय मत ल्याएर पराजित भएकाछन् ।
त्यसैगरी सचिवमा २ सय ४० मत ल्याएर हिक्मत बहादुर शाही र २ सय ५० मत ल्याएर दशरथ राेकाय बिजय भएकाछन् ।सचिवमा निर्वाचित शाही पनि देउवा प्यानलकै हुन् ।
प्रतिद्वन्द्वी सुवास कठायतले १ सय ३५ र जनक बहादुर राेकायले ८८ मत ल्याएर पराजित भएकाछन् ।
सह-सचिवमा लक्ष्मण बहादुर शाहीले २ सय ३१ र सुरेन्द्र प्रसाद महतले २ सय ६० मत ल्याएर बिजयी भएकाछन् ।
सह-सचिवका उम्मेदवार दिल कुमार राेकायले १ सय ५० मत ल्याएर पराजित भएकाछन् ।
जिल्ला सभापतिमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि शाही,बुढा,उपाध्याय र हमाल चुनावी मैदानका उत्रिएका थिए ।
शाहीलाई उम्मेदवार भएपनि हमालकाे आन्दोलनको आन्तरिक समर्थन रहेकाे बताइन्छ।
त्यतिमात्र नभई केन्द्रिय सदस्य कर्ण बुढाकाे सेटिङमा शाही चुनाव लडेकाे र उनैलाई समर्थन गरेका स्राेतले जनाएको छ ।
बुढाले प्यानलमा रहेर सभापतिकाे उम्मेदवार बनेका काङ्ग्रेस नेता उपाध्यायलाई गम्भीर धाेका दिएकाे आराेप समेत लागेकाे छ ।
नव निर्वाचित सभापति शाही निर्माण व्यवसायी पनि हुन् ।
अहिलेसम्मकाे डाेल्पा काङ्ग्रेसकाे सैद्धान्तिक राजनीतिक नेतृत्व अब निर्माण व्यवसायीकाे हातमा गएकाे बताइएको छ ।
शाहीकाे केही दिन अघिसम्ममात्र पनि सभापतिमा लड्ने कुनै संकेत नभएपनि एकाएक सभापतिमा मनाेनयन दर्ता गरेपछि नेता कार्यकर्ता चकित परेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?