
डोल्पा ७ मंसिर: पार्टी बिरोधि गतिविधिमा लागेको भन्दै विप्लप नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी क.शेराप (इन्द रोकाय) लाई निष्कासन गरिएको छ ।
विप्लप नेतृत्वको नेकपाका मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै रोकायलाई पार्टीको सम्पुर्ण जिम्मेवारीबाट हटाइएको जानकारी गराएको हो ।
आर्थिक अराजकता र आन्दोलन विरोधि गतिविधिहरुमा लागेको भन्दै पार्टी संगठनमा व्यापक कुरा उठेपछि रोकायले राजिनामा दिएको कुरा वक्तव्यमा उल्लेख गरिएको छ ।
राजिनामा दिए पश्चात पनि जिल्ला पार्टीको बैठकमा उपस्थित भएर लिखित स्पष्टिकरण दिन पटक–पटक ताकेता गरेता पनि अटेर गरेपछि संगठन जिम्मेवारीमुक्त गर्न बाध्य भएको कार्यालय सचिव अंक बोहोराले बताए ।
पार्टीको निर्देशनको अवज्ञा गरेपछि यस्तो अप्रिय निर्णय लिन बाध्य भएको कुरा जिल्ला सेक्रेटरी धमिरद्धारा हस्ताक्षर गरिएको वक्तव्यमा उल्लेख गरिएको छ ।