
काठमाडौ । नेपाल दुर संञ्चार कम्पनी लिमिटेड केन्द्रिय कार्यालयमा डेपुटी म्यानेनिङ डाइरेक्टर तहमा कार्यरत चिफ कमर्शियल अफिसर (सिसिओ) संगीता पहाडी (अर्याल) ले अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेकी छन् । उनलाई प्राविधिक क्षेत्रमा गरेको अनुकरणीक कामको मुल्याङ्कन गर्दै थाइल्याण्डको एक इन्सिच्युटले अवार्ड प्रदान गरेको हो । पहाडीलाई बैंकक स्थित एशियन इन्सिच्युट अफ टेक्नोलोजी एलोमेनी एशोसियसनद्धारा एआइटिएए ड्रिष्ट्युइङ गिष्ट एलोमिनी अवार्ड प्रदान गरिएको छ ।
एशियाको सबै भन्दा पुरानो क्षेत्रिय विश्वविद्यालय एशियन इन्सिच्युट अफ टेक्नोलोजी एलोमेनी एशोसियसनले पहाडीलाई सार्वजनिक क्षेत्रमा प्राप्त गरेको उदाहरणीय र अनुकरणीय सफलताको कदर गर्दै उक्त अवार्ड प्रदान गरेको हो । एशोसियशनको ५० औं कार्यकारी वोर्ड बैठकले उक्त अवार्ड संगीता पहाडी (अर्याल) लाई दिने निर्णय गरेको हो । करिब ४० मुलुकका विशेषज्ञहरु छनौछ हुँदा नेपालका तर्फवाट पहाडीलाई अवार्डका लागि छानिएको हो ।
एशियन मुलुकको लागि प्राविवधिक जनशक्ति तयार गर्न स्थापित विश्व विद्यालयको ४० भन्दा बढी देशमा एलमिनी एशोसियशन छ । एलोमिनी एशोसियसन भएको देशहरुमा राष्ट्रिय, अन्तराष्ट्रिय तहमा सार्वजनिक क्षेत्रमा काम गर्ने विशेषज्ञहरुवाट उत्कृष्टताका आधारमा अवार्डका लागि छनौट गर्ने गर्छ । नेपाल च्याप्टरले नेपालको तर्फवाट कम्युनिकेशन क्षेत्रमा ३० वर्ष लामो समय काम गरेर पुर्याएको योगदानको कदर गरेर अवार्डका लागि सिफारिस गरेको थियो ।यशोसियशनका अध्यक्ष डा एलविन कुलावा तथा कार्यकारी सचिव चुपाक नारपाइसिटद्धारा प्रदान गरिएको उक्त अवार्ड एशिया क्षेत्रमा एक सम्मानित अवार्डका रुपमा लिइने गरिन्छ । पहाडीले एशियन इन्सीच्युट अफ टेक्नोलोजी थाइल्याण्डवाट दुई दशक अगाडी टेलिकम्युनिकेशन विषयमा स्नातकोत्तर गरेकी हुन् । झण्डै ३ दशक लामो टेलिकम्युनिकेशनको अनुभव संगालेकी पहाडी लामो समय देखि नेपाल टेलिकममा तार रहित संजाल विज्ञका रुपमा कार्यरत छन् । ३० वर्षको सेवा अवधि मध्य २२ वर्ष मोवाइल सर्भिसको स्थापना काल देखिनै सेवारत पहाडी पछिल्लो समय केन्द्रिय कार्यालयमा डेपुटी म्यानेनिङ डाइरेक्टर तहमा चिफ कमसिर्शय अफिसर (सिसिओ) पदमा कार्यरत छन् ।उनी नेपाल टेलिकमको आगामी कार्यकारी निर्देशक (म्यानेजिङ डाइरेक्टर) को प्रवल दावेदार पनि हुन् । अघिल्लो कार्यकालमा कार्यकारी निर्देशकको प्रतिस्पर्धामा वैकल्पिकमा नाम निकाल्न सफल पहाडीलाई आगामी कार्यकारी निर्देशकको रुपमा हेरिएको छ । प्राविधिक क्षेत्रमा महिलाको सहभागीता निकै न्युन रहेको अवस्थामा पहाडी एक उदाहरण हुन् । निकट भविष्यमै नेपाल दुर सञ्चार कम्पनीले एक महिलालाई कार्यकारी निर्देशक पाउने सम्भावना प्रवल देखिएको छ ।