२०८० जेष्ठ १९ गते शुक्रवार

डाेल्पाका सबै स्थानीय तहमा माओवादी केन्द्रले गर्याे वडा कमिटी घाेषणा !



डाेल्पा ४ मंसिर,
नेपाल कम्युनिष्ट पार्टी (माओवादी-केन्द्र) ले डाेल्पाका आठवटै स्थानीय तहमा वडा कमिटी घाेषणा गरेकाे छ ।
केन्द्रीय सर्कुलर अनुसार जिल्लाका सम्पूर्ण स्थानीय तहका वडाहरुमा कमिटी घाेषणा गरिएको माओवादी केन्द्र डाेल्पाले जनाएको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाकाे ११ वटै वडामा अधिवेशन गरि कमिटी घाेषणा गरिएको प्रदेश कमिटी सदस्य काली चलाउनेले जानकारी दिइन् ।
वडा अधिवेशनका क्रममा त्रिपुरासुन्दरी वडा नं १ र वडा नं २ मा नेकपा एमाले र काङ्ग्रेस  परित्याग गरि पचास जना भन्दा धेरै सर्वसाधारण माओवादी केन्द्रमा प्रवेश गरेकाे उनले बताइन् ।
त्रिपुरासुन्दरी १ मा वडा कमिटी अध्यक्षमा नरि बहादुर उखेडा र सचिवमा ताम्मा छिरिङ्ग लामा सहित १५ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
त्यसैगरि वडा नं २ मा वडा कमिटी अध्यक्ष रुद्रमान बुढाकाे अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
त्यसैगरि ठुलिभेरी नगरपालिका,काईके,जगदुल्ला र मुड्केचुला गाउँपालिकाका सम्पूर्ण वडामा भव्य रुपमा वडा अधिवेशन सम्पन्न गरि वडा कमिटी घाेषणा गरिएको प्रसार-प्रसार विभाग प्रमुख कमल शाहीले जानकारी दिए ।

उपल्लो डाेल्पाका तिनवटा स्थानीय तहका कतिपय वडामा अधिवेशन सम्पन्न भएपनि सबैकाे नामावली भने नआएको उनले बताए ।
जगदुल्ला गाउँपालिकामा यी हुन वडा कमिटीका पदाधिकारी
वडा नं १ मा वडा कमिटीका अध्यक्षमा बुद्धि रोकाया सचिव लोक बहादुर बुढा सहित १५ जना सदस्य वडा कमिटी गठन गरिएकाे छ । वडा नं २ मा वडा कमिटीका अध्यक्षमा सत्यदेवी जि सी घर्ती सचिव माया बस्नेत (बुढाथोकी)
सहित २९ जना सदस्य वडा कमिटी गठन गरिएकाे छ ।
वडा नं ३ मा वडा कमिटीका अध्यक्षमा ललिता थापा र सचिव बालकृष्ण बि क सहित २९ सदस्यीय वडा कमिटी गठन गरिएकाे छ ।वडा नं ४ मा वडा कमिटीका अध्यक्षमा यम बहादुर बुढा र सचिव समराज रोकाया सहित २९ सदस्यीय वडा कमिटी गठन गरिएकाे छ ।वडा नं ५ मा वडा कमिटीका अध्यक्षमा राम बहादुर शाही र सचिव राम बहादुर भक्री सहित २९ जना सदस्यीय वडा कमिटी गठन गरिएकाे छ ।वडा नं ६ मा वडा कमिटीका अध्यक्षमा हिरामणि बि.क सचिब कमल बुढा सहित २९ जना सदस्य वडा कमिटी गठन गरिएकाे छ ।साथै ८ वटा टोल कमिटी गठन गरिएकाे छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?