
रामचन्द्र न्याैपाने,
डाेल्पा २ मंसिर : नेपाली काङ्ग्रेस डाेल्पाकाे प्रदेश क्षेत्र नं क काे सभापतिमा केशब बुढा निर्विरोध निर्वाचित भएकाछन् ।
बिहीबार भएकाे मनाेनयन दर्तामा बुढाकाेमात्रै एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकाहुन् ।
उनी देउवा पक्षधर हुन् ।
त्यसैगरि उप-सभापतिमा सत्य बहादुर शाही पनि सर्वसम्मत निर्वाचित भएकाछन् ।
यता प्रदेश क्षेत्र नं ख भने निर्विरोध नेतृत्व चयनहुने सम्भावना न्यून देखिएको छ ।
सर्वसम्मत सभापति,उप-उपसभापति लगायतका नेतृत्वहरु निर्विरोध चयनहुन नसके निर्वाचनमा जाने काँग्रेसले जनाएको छ ।
प्रकाशित मिति : २०७८ मङ्सिर २ गते बिहिवार