२०८० जेष्ठ १९ गते शुक्रवार

डाेल्पा काङ्ग्रेसकाे गाउँ तथा नगर अधिवेशन : कतै निर्वाचन,कतै सर्वसम्मत !



रामचन्द्र न्याैपाने,
डाेल्पा १ मंसिर : नेपाली काङ्ग्रेस डाेल्पाले गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेकाे छ ।
जिल्लाका आठ स्थानीय तह मध्ये चार स्थानीय तहमा गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेकाे हाे ।बाँकी चार स्थानीय तहमा अधिवेशनहुन सकेकाे छैन् ।
जिल्लाकाे त्रिपुरासुन्दरी नगरपालिका,ठुलिभेरी नगरपालिका,जगदुल्ला गाउँपालिका र काइके गाउँपालिकामा गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेकाे छ ।
त्रिपुरासुन्दरी नगरपालिकामा निर्वाचन प्रणाली मार्फत नगर अधिवेशन सम्पन्न गरेकाे हाे ।
पाैडेल पक्षबाट चुनाव लडेका कर्णचन्द्र राेकायलाई १४ मतले पछि पार्दै देउवा पक्षका टाेपबहादुर शाही नगर सभापतिमा बिजयी भएकाहुन् ।
सर्वसम्मत नेतृत्व चयन गर्न प्रयास गर्दा पनि सहमति जुट्न नसकेपछि चुनावमा हाेमिएका राेकायले ४९ मत प्राप्त गरे भने शाहिले ६३ मत ल्याएर बिजय भए ।
त्यसैगरि उप-सभापतिमा ज्वतीप्रसाद पहाडि र चन्द्र बहादुर लामा बिजय भएकाछन् ।
नगर सचिवमा इन्द्रबहादुर बुढा र भर्रे बुढा निर्वाचित भएकाछन् ।
त्यसैगरि ठुलिभेरी नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ ।
सभापतिमा देउवा पक्षधर यज्ञ कार्की सर्वसम्मत नगर सभापतिमा चयन भएकाछन् । उप-सभापतिमा नन्द बहादुर कार्की चयन भएकाछन् ।
काइके गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ ।
गाउँ सभापतिमा देउवा पक्षधर अंगत राेकाय चयन भएकाछन् ।गाउँ-उपसभापतिमा नन्द बुढा चयन भएकाछन् ।
जगदुल्ला गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
गाउँ सभापतिमा देउवा पक्षधर बृज बहादुर राेकाय चयन भएकाछन् ।गाउँ उप-सभापतिमा कार्मा बुढाथोकी चयन भएकाछन् ।
अधिवेशनहुन बाँकी चार स्थानीय तह मध्ये तल्लो डाेल्पामा पर्ने मुड्केचुला गाउँपालिकामा गाउँ सभापति,उप सभापति लगायतका पदाधिकारी छनाेटकालागि निर्वाचनकाे प्रक्रिया सुरु भइसकेको काङ्ग्रेसले जनाएको छ ।
दुई पक्षबिच सहमति जुट्न नसकेपछि साझमात्र चुनावकाे प्रक्रिया सुरु गरिएको बताइएको छ ।
सभापति पदमा देउवा पक्षबाट भक्तबहादुर थापा र पाैडेल पक्षबाट परिलाल सिँह चुनावी मैदानमा उत्रिएकाछन् ।
उपल्लो डाेल्पामा पर्ने छार्काताङ्साेङ्,शे-फाेक्सुन्डाे र डाेल्पाेबुद्व गाउँपालिकामा भने अधिवेशन भएकाे छैन् ।
छाेटाे समय र निर्वाचनमा खटिने जनशक्तिकाे अभावका कारण वडा तथा गाउँ अधिवेशन गर्न नसकिएको काङ्ग्रेसले जनाएको छ ।
उपल्लो डाेल्पाकाे काङ्ग्रेसको संगठन कमजोर रहेकाे छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?