
डाेल्पा २८ कात्तिक : डाेल्पाका आठवटै स्थानीय तह मुख्यमन्त्री राेजगार कार्यक्रमकालागि छनाेट भएकाछन् ।
कर्णाली प्रदेश सभा सांसद बिरबहादुर शाहीकाे पुर्ण पहलमा सबै स्थानीयतहका ६५ वडामा मुख्यमन्त्री राेजगार कार्यक्रम छनाेट भएकाे हाे ।
आव ०७८/०८९ का लागि छनाेट भएका ६५ याेजनाकालागि करिब आठ कराेड रकम भित्रयाउन सफल भएको सांसद शाहीले बताए ।
माअाेबादी केन्द्रकाे शिफारिषमा जिल्लाका सबै स्थानीय तहमा आवश्यकताका आधारमा याेजना छनाेट गरिएको उनले बताए ।
जनताकाे दैनिकी र जीवनस्तरसँग प्रत्यक्ष रुपमा जाेडिएका याेजनाहरुछानिएकाछन्,बाटाेघाटाे,सिँचाइ,खानेपानी,घेराबर लगायतका क्षेत्रमा बजेट हालिएको छ,शाहीले भने ।
यस्ता कार्यक्रमबाट बेराेजगार जनतालाई धेरै थाेरै भएपनि आम्दानी पनि हुन्छ,कामबाट प्राप्त रकमबाट दैनिक गुजारा पनि चल्छ,त्याे भन्दा महत्त्वपूर्ण आफ्नै गाउँठाउँकाे विकास हुन्छ,उनले थपे ।
प्रदेश भित्र राेजगारीका अवसरकाे सृजना गरि नागरिककाे जीवनस्तरमा सुधार ल्याउने उदेश्यले कर्णाली प्रदेश सरकारले याे कार्यक्रम लागू गरेकाे उनले बताए ।
डाेल्पाका छनाेट भएका प्रत्येक याेजना ६ लाख देखि १६ लाखसम्म रकमका रहेकाछन् ।
सांसद शाही भविष्य बाेकेका जिल्लाका कुशल नेतृत्व र जनप्रिय नेताकाे रुपमा चिनिन्छन् ।
त्यतिमात्र नभइ सांसद शाही प्रत्येक नागरिकका समस्या समाधानकालागि हरप्रहर तयारहुने र सबैकाे फाेनकाे यथाशीघ्र रेस्पाेन्स गर्ने नेताकाे रुपमा समेत परिचित छन् ।