२०८० मङ्सिर १३ गते बुधवार

डोल्पाका चार स्थानीय तहका ३८ वडामा काँग्रेसको वडा अधिवेशन सम्पन्न,सबै वडामा सर्वसम्मत ! (नामावली सहित )



रामचन्द्र न्यौपाने,
डोल्पा २७ कात्तिक: नेपाली काँङ्ग्रेस डोल्पाले जिल्लाका आठ स्थानीय तह मध्ये चार स्थानीय तहमामात्रै वडा अधिवेशन सम्पन्न गरेको छ ।
क्रियाशील बिवादका कारण लामोसमय देखि रोकिएको वडा अधिवेशन शनिवार जिल्लाका चारवटा स्थानीय तहमामात्र सर्वसम्मत नेतृत्व चयन सहित सम्पन्न गरेको हो ।
जिल्लाको ठुलिभेरी नगरपालिकाका ११ वटै वडामा अधिवेशन सम्पन्न भएको छ । सम्पुर्ण वडामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
त्यसैगरी त्रिपुरासुन्दरी नगरपालिका,काइके गाउँपालिका र मुड्केचुला गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन सहित सम्पुर्ण वडामा अधिवेशन सम्पन्न भएको पार्टी सभापति अंगतकुमार बुढाले जानकारी दिए ।
“जगदुल्ला गाउँपालिकामा निर्वाचनको प्रक्रिया आजै सुरु भइसकेको छ,निर्वाचनकालागि आवश्यक कागजात र निर्वाचन अधिकृतहरु समयमै नपुग्दा वडा अधिवेशन भएको छैन्,आइतबारमात्रै सम्पुर्ण वडामा अधिवेशन सम्पन्नगर्ने तयारी भएको छ”बुढाले भने ।
काँङ्ग्रेसको गढ क्षेत्रको रुपमा रहेको त्रिपुरासुन्दरी नगरपालिकाका ११ वटै वडामा अधिवेशन सम्पन्न भएको छ ।
सुरुवाती चरणमा पक्ष विपक्ष भनेर सानोतिनो बिवाद भएपनि अन्तिममा सर्वसम्मत वडा तथा क्षेत्रीय प्रतिनिधिहरु चयन गर्न सफल भएको बरिष्ठ नेता गौरीशंकर उपाध्यायले बताए ।
उपल्लो डोल्पाका शे–फोक्सुण्डो र डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा अधिवेशन भएको छैन् ।
पार्टीको संगठन भएपनि समयको अभाव,भौगोलिक कठिनाइ र जनशक्ति परिचालनमा समस्याहुँदा उपल्लो डोल्पामा वडा अधिवेशन गर्न नसकिएको सभापति बुढाले बताए ।
वडा अधिवेशनमा अल्पसङ्ख्यक,अपाङ्ग र दलित महिला प्रतिनिधिहरु पाउनै मुश्किल भएको काँङ्ग्रेसले जनाएको छ ।
हेर्नुहोस वडा सभापतिहरुको नामावली
त्रिपुरासुन्दरी नगरपालिका
वडा नं १ पुरीप्रसाद हमाल
वडा नं २ नेत्र बहादुर बुढ थापा
वडा नं ३ तुलकृष्ण धराला
वठा नं ४ कालीखोरी धराला
वडा नं ५ मनबहादुर झाक्रि
वडा नं ६ पुर्ण बहादुर चलाउने
वडा नं ७ जुनबहादुर साहिला
वडा नं ८ उड्केन छिरिङ गुरुङ्
वडा नं ९ गणेश रोकाय
वडा नं १० रण बहादुर धराला
वडा नं ११ मनसिँह पुन
ठुलिभेरी नगरपालिका
वडा नं १ जुद्धबहादुर रोकाय
वडा नं २ मनबहादु रोकाय
वडा नं ३ रणबहादुर शाही
वडा नं ४ बिशाल रोकाय
वडा नं ५ सुनराम रोकाय
वडा नं ६ बलबहादुर बुढा
वडा नं ७ टेकबहादुर शाही
वडा नं ८ दिपेन्द्र बहादुर शाही
वडा नं ९ हरिन्द्रकुमार शाही
वडा नं १० सन्त बुढा
वडा नं ११ शेरबहादुर कार्की
मुड्केचुला गाउँपालिका
वडा नं १ लवी शाही
वडा नं २ पन्न शाही
वडा नं ३ कमलाकुमारी मल्ल
वडा नं ४ दिल्ली बुढा
वडा नं ५ नरबहादुर बोहोरा
वडा नं ६ राजकुमारी शाही
वडा नं ७ अम्मरजीत रोकाय
वडा नं ८ दत्त बहादुर रोकाय
वडा नं ९ मित्रबहादुर रोकाय
काइके गाउँपालिका
वडा नं १ मकर रोकाय
वडा नं २ सामा रोकाय
वडा नं ३ लालिमान बुढा
वडा नं ४ गणेश झाँक्रि
वडा नं ५ पुर्ण रोकाय
वडा नं ६ चन्द्रमान रोकाय
वडा नं ७ सुने बुढा

प्रकाशित मिति : २०७८ कार्तिक २७ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?