२०८० चैत्र १६ गते शुक्रवार

प्रचण्डकाे दुई दिने डाेल्पा भ्रमण: स्थानीय राजनीतिमा तरङ्ग ल्याउने देखि,चुनावसम्म गठबन्धनको धाेषणा !



रामचन्द्र न्यौपाने,
डोल्पा २५ कात्तिक : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले तीनै तहको चुनावसम्म गठबन्धन गर्ने बताएकाछन् ।
बुधवार डोल्पा सदरमुकाम दुनैमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाइ संबोधन गर्दै उनले यसो भनेकाहुन् ।
लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरुलाइ समाप्त पार्न लागेको देश भित्र र बाहिरका प्रतिक्रियावादी र प्रतिगमनकारी विरुद्ध गठबन्दन गरेरै परास्थ गरिएको उनले बताए ।
अहिले सातवटै प्रदेशमा ओली प्रवृति समाम्त भइसकको उनको भनाइ छ ।
संविधिान लोकतन्त्र र राष्ट्रियतको रक्षाकालागि गठनबन्धन गरिएको बताउँदै निकट रहेको राष्ट्रिय सभाको निर्वाचनमा सबै सिट जितिने उनको दाबी छ ।
देशैभरी माओवादी प्रवेश गर्ने लहर चलिरहेकाले अब देश माओवादीमय हुने उनको विश्वास छ ।
अब विभिन्न पार्टीमा विभक्त माओवादी शक्ति र एकिकृत समाजवादी पार्टी बिच पनि एकताको प्रयास भइरहेकाले उनले बताए ।
तत्कालिन २०६४ को चुनावमा जस्तै अव फेरी माओवादी देशको एक नंम्बर पार्टी बन्ने उनको भनाइ छ ।
कर्णाली माओवादीको आधार क्षेत्र भएकाले समाजवाद निर्माणको थलोको रुपमा माओवादी केन्द्रले हेरेको उनले बताए ।
जनयुद्धकाल देखिनै डोल्पालाइ देश दुनियाले बुझिसकेकाले अव डोल्पाली जनताको नेतृत्व माओवादी केन्द्रले गर्ने संकेत देखिएको छ,उपल्लो डोल्पामा माओवादी प्रतिको धारण धेरै राम्रो पाएका छौँ,अव अघिल्ला चुनावमा जस्तै गुण्डागर्दी गरेर एकछापे लगाएर,बिस पच्चीस लाख रुपैयाँ खर्च चुनाव जित्ने परिस्थिति हुँदैन उनले भने ।
उपल्लो डोल्पाका जनताले धेरै पहिला देखि आफ्नो मत आफै हाल्न नपाएको गुनासो गरे,त्यसको साक्षि सुरक्षाकर्मी र निर्वाचनका कर्मचारीनै बसेको गुनासो पनि सुने,आगामि र्निाचनमा त्यहाँका जनताले आफ्नो मताधिकार आफै प्रयोग गर्ने ग्यारेन्टी हुन्छ उनले थपे ।
डोल्पामा ठेकेदारले बर्षौ सम्म सडक निर्माणको काममा ढिलासुस्ती गरेर लुट्नुसम्म लुटेको समेत गुनासो आएको छ,सेनालेनै धेरै राम्रो गरेको थियो भन्ने पनि सुनियो,अब राष्ट्रिय महत्वको परियोजनाको रुपमा रहेको धो ल्यासीक्यापहुँदै दुनै जोड्ने सडक निर्माणको जिम्मा सेनालाइ दिने बिषयमा पुर्ण सकारात्मक छु उनले भने ।
उपल्लो डोल्पाको तीनवटा स्थानीय तहमा पुग्दा जनतामा विस्तारै राजनितिक जागरण आएको देखिएको उनले बताए ।
राष्ट्रको स्वाधिनता,सामाजिक न्याय,जनताको विकास र राष्ट्रिय एकताकालागि सबै पार्टीलाइ एकजुट हुन प्रचण्डले आग्रह गरे ।
उपल्लो डोल्पामा हिमाली शहर बनाइन्छः मन्त्री शर्मा
कार्यक्रमलाइ सम्बोधन गर्दै अर्थ मन्त्री जनार्दन शर्माले डोल्पामा जगदुल्ला बाहेकको पाँचवटा ठुला क्षमताको हाइड्रो पावरको सर्भे भइरहेको बताए ।
त्यसले डोल्पाको ठुलो कायापलट गर्ने र जनताले सेयर हालेर नाफा लिनसक्ने बताए ।
अब डोल्पासम्म सिधा यातायात सेवा सञ्चालन गर्न भेरीकरीडोरको बिचबिचमा बेलिब्रिच बनाउन काम सुरु भइसके पनि ठेकेदारका लापरवाहीका कारण ढिलासुस्ती गरेको सुनेका छौ त्यस्ता ठेकेदारलाइ कारवाही हुन्छ मन्त्री शर्माले भने ।
मोरिम्ला धो हुँदै जमुनाह जोड्न सबैभन्दा छोटो त्रिदेशीय व्यापारीक नाका बनाउनु सरकारको लक्ष्य रहेको बताए ।
उपल्लो डोल्पाको धो मा हिमाली शहरको निर्माणकालागि यस बर्ष बजेट विनियोजन समेत गरेको बताए ।
रुकुममा भएको सवस्टेसनलाई एक बर्ष भित्र डोल्पा ल्याइ दिर्घकालिन समाधान गर्न समम्बन्धित मन्त्रलायललाई आग्रह गर्ने बताए ।
त्यसैगरी माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज तथा पुर्व मन्त्री शक्ति वस्नेतले डोल्पाको डोल्पोबुद्ध गाउँपालिका र छार्काताङ्सोङ् गाउँपालिका अध्यक्ष लगायतका वडा अध्यक्ष र पाका पुराना जनमत भएका व्यक्तिहरुनै माओवादी प्रवेश गरिसकेकाले अव डोल्पा माओवादीमय भएको बताए ।
अब माओवादी २०६४ कै लयमा फर्किने संकेत देखिएकाले अव गाउँमा रहेका आस्थावान नेता कार्यकर्तालाई एकिकृत पार्टीका नेताहरुलाई आग्रह गरे ।
प्रचण्ड सहितका माओवादी केन्द्रका नेता तथा अर्थ मन्त्री जनार्दन शर्मा,शक्ति वस्नेत,सत्य पहाडी लगायतका नेताहरु बुधवार सेनाको एम.आइं १७ हेलिकप्टरमा उपल्लो डोल्पा पुगेका थिए ।
बुधवार उपल्लो डोल्पाको फोक्सुण्डोमा बसेका माओवादी केन्द्रका नेताहरु बिहिवार छार्काताङ्सोङ् गाउँपालिका र सदरमुकाम दुनैको कार्यक्रम सम्पन्न गरेर काठमाण्डौ फर्केकाछन् ।

प्रकाशित मिति : २०७८ कार्तिक २५ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?