
रामचन्द्र न्यौपाने,
डोल्पा २४ कात्तिक : डोल्पाको एक स्थानीय तहका अध्यक्ष सहित तीन जना वडा अध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेकाछन् ।
उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङ्ग सहित तीन जना वडा अध्यक्ष र दुइ दर्जन सर्वसाधारणहरु नेकपा एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेकाहुन् ।
जनप्रतिनिधिहरुले पदमा बहाल रहदै पार्टीमा प्रवेश गरेकाहुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड),अर्थ मन्त्री जनार्दन शर्मा,पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य शक्ति बस्नेत,पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य सत्या पहाडी लयातको उपस्थितिमा पार्टी प्रवेश गराइएको हो ।
माओवादी प्रवेश गर्ने वडा अध्यक्षहरुमा वडा नं १ का अध्यक्ष ग्याल्बो थापा भोटे,वडा नं २ का अध्यक्ष छोइक्याप भोटे,वडा नं ३ का अध्यक्ष पाल्जाङ्ग लामा रहेकाछन् ।
त्यसैगरी वडा नं ६ का कार्यवाहक अध्यक्ष पेम्मा वाङ्छुङ् गुरुङ्ग पनि माओवादी केन्द्रमा प्रवेश गरेकाछन् ।
प्रवेश सँगै जनप्रतिनिधिहरुले उपल्लो डोल्पा डोल्पाको समग्र विकासको खाका सहितको छ बुधे माग पत्र केन्द्रिय नेता समक्ष पेश गरेकाछन् ।
प्रचण्ड सहितका माओवादी केन्द्रका नेताहरु सेनाको एम.आइं १७ हेलिकप्टरमा उपल्लो डोल्पा पुगेका थिए ।
प्रभावशाली जनप्रतिनिधिको प्रवेशसँगै उपल्लो डोल्पामा माओवादी केन्द्र बलियो भएको माओवादी नेताहरुले दाबी गरे ।
डोल्पो बुद्ध गाउँपालिका नेकपा एमालेको बलियो पकड क्षेत्रको रपमा रहेको थियो ।
एकिकृत समाजवादीका जिल्ला इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य धनबहादुर बुढा नेकपा एमालेबाट फ्लोर क्रस गरेर एकिकृत समाजवादीमा आएसँगै एमाले समर्थक नेता कार्यकर्तामा बिचलन देखिएको छ ।
एमालेमा रहँदा प्रशस्त जनमत भएका बुढाको फरक पार्टीमा प्रवेश गरेपछि उपल्लो डोल्पाका जनप्रतिनिधिहरुमा बिचलन देखिएको हो ।