२०८१ बैशाख ७ गते शुक्रवार

तिहारमा टीका लगाउन तीन बर्षिया छाेरी बाेकेर माइती हिँडेकी ईश्वरी खाेलामा खसेर बेपत्ता !



रामचन्द्र न्याैपाने,
डाेल्पा १८ कार्तिक: जाजरकोटकाे बारेकाेट गाउँपालिका ७ बस्ने बहादुर सिँहकी १९ बर्षिय श्रीमती इश्वरी शाही ( सिँह ) सानी छाेरी सहित जगदुल्ला खाेलामा खसेकीछन् ।
तिहारमा टीका लगाउन माइतीघर हिँडेकी सिँह बिहिवार दिउसाे करिब चार बजेतिरकाे समयमा डाेल्पाकाे मुड्केचुला गाउँपालपालिका २ अन्तर्गत त्रिवेणीमा पर्ने जगदुल्ला खाेलामा तीन बर्षिय छाेरी छाेरी लक्ष्मी सिँह सहित खसकीहुन् ।
खसेकाे केही समयभित्रै खाेलाले बगाएर आमा बेपत्ताहुनुका साथै छाेरीकाे स्थानीयले उद्वार गरेर उपचारकालागि नेपालगन्ज पठाइएको जिप्रका डाेल्पाका प्रहरी नायव उपरीक्षक राजु पान्डेले जानकारी दिए ।
मुख,टाउकाे र शरीरमा गहिरो चाेट लागेकाले छाेरीकाे अवस्था गम्भीर रहेकाे उनले बताए ।
छिमेकी जिल्ला रुकुम(पश्चिम),जाजरकोटलाई खबर गरि बेपत्ताको खाेजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १८ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?