२०८० असोज ९ गते मङ्गलवार

प्रथम मेयर कपको उपाधि मुड्केचुलालाई !



रामचन्द्र न्यौपाने,
डोल्पा १८ कात्तिक: त्रिपुरासुन्दरी नगरपालिकाद्धारा आयोजित प्रथम मेयर कपको उपाधि मुड्केचुला गाउँपालिका युवा क्लवले जितेको छ ।
आयोजक नगरपालिका वडा नं २ बाट खेलेको त्रिशक्ति युवा क्लवलाई हराउँदै एक लाख पचपन्न हजार राशीको प्रथम पुरस्कार जित्न सफल भएको हो ।
गत शनिवार देखि नगरपालिकाको केन्द्र त्रिपुराकोट बगरमा संञ्चालित जिल्ला स्तरीय पुरुष भलिवल प्रतियोगितामा द्धितिय पुरस्कार त्रिशक्ति युवा क्लवले जितेको छ ।
उत्कृष्ट प्रदर्शन गर्दै पञ्चानब्बे हजार पाँच सय पचपन्न सहित द्धितिय पुरुष्कार जितेको हो ।
त्यसैगरी पैसट्टी हजार पाँचसय पचपन्न राशीको तृतिय पुरस्कार साइकक्वारी युवा क्लव माझफालले जितेको छ ।
जिल्लाभरीबाट जम्मा चार समुहलेमात्र खेलमा सहभागीता जनाएको महिला तर्फको खुला भलिवल प्रतियोगितामा सत्तरी हजार पाँचसय पचपन्न राशीको प्रथम पुरस्कार पनि साइक्वारी युवा क्लव माझफालकाे महिला समुहले जितेको छ ।
पैतालीस हजार पाँच सय राशीको द्धितिय पुरस्कार जगदुल्ला गाउँपालिकाको महिला समुले जितेको छ ।
त्यसैगरी तीस हजार पाँचसय पचपन्न राशी सहितको तृतिय पुरस्कार जनप्रभा माध्यामिक बिद्यालयको महिला समुहले जितेको छ ।
खेलमा उत्कृष्ट खेलाडीको पुरस्कार आयोजक समुहका बालकृष्ण खत्रीलाई र महिला उत्कृष्ट खेलाडीको पुरस्कार साइक्वारी युवा क्लवकी जुनु बुढालाइ प्रदान गरिएको छ ।
समापन कार्यक्रममा प्रमुख अतिथि तथा कर्णाली प्रदेश सभा सदस्य पद्मीकुमारी बोहोराले पनि खेलमा सहभागी सम्पुर्ण खेलाडीलाइ बधाइ दिँदै खेलमा हारजित हुनेनै भएकाले मन नदुखाउन आग्रह गरिन् ।
खेलाडी भनेका देशका गहना भएकाले खेलाडीहरुले अनुशासि,मर्यादित भएर खेलखेल्नु पर्ने बताइन् ।खेल सहभागी महिला टिमले उत्कृष्ट पर्दशन गरेको भन्दै उज्वल भविश्यको कामना समेत गरिन ।
कार्यक्रमका सभाध्यक्ष तथा कार्यवाहम नगर प्रमुख चन्द्राकुमारी बुढाले खेलमा सहभागीता जनाएका सम्पुर्ण खेलाडीलाइ बधाइ दिँदै अनुशासित भएर खेलेमात्रै जीवनमा सफलहुने बताइन् ।
कार्यक्रमा नगरपालिका जनप्रतिनिधिहरु, विभिन्न राजनितका दलका प्रतिनिधि,प्रजिअ,सुरक्षा निकायका प्रमुखहरु,कर्मचारीहरु,कार्यालय प्रमुखहरु,सर्वसाधारण लगायतको सहभागीता रहेको थियो ।

 

 

प्रकाशित मिति : २०७८ कार्तिक १८ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?