
रामचन्द्र न्यौपाने,
डोल्पा १३ कात्तिक :हिमाली जिल्लाका आठवटा स्थानीय तह मध्ये छ वटा स्थानीय तहमा नेकपा एमालेले अधिवेशन सम्पन्न गरेको छ ।
छ वटै स्थानीय तहमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै वडा,गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेकाे हाे ।
त्रिपुरासुन्दरी नगरपालिकाले ११ वटै वडा र नगरमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै वडा तथा नगर अधिवेशन सम्पन्न गरेको छ ।
ठुलिभेरी नगरपालिकाका ११ वटै वडामा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।
आगामि आइतबार भित्र नगर अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको नेकपा एमाले डोल्पाले जनाएको छ ।
त्यसैगरी मुड्केचुला,जगदुल्ला,शे–फोक्सुण्डो र काइके गाउँपालिका पनि वडा तथा गाउँ अधिवेशन सम्पन्न भएको नेकपा एमाले डोल्पाका कार्यवाहक अध्यक्ष तुलाचन्द्र बुढाले जानकारी दिए ।
सबै नेतृत्वहरु सर्वसम्मत रुपमा चयन गरिएको उहाँकाे भनाइ छ ।
डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा वडा अधिवेशन हुँदै गरेकाले अब छिट्टै गाउँ अधिवेशन पनि सम्पनहुने बुढाको बताए ।
अधिवेशका क्रममा माओबादीको पटक क्षेत्र मानिएको मुड्केचुला गाउँपालिकामा ४७ जनाले माओबादी परित्याग गरि एमाले प्रवेश गरेको बुढाले बताए ।