२०८० जेष्ठ २७ गते शनिवार

जुफाल एयरपोर्टमा हवाई टिकटमा चलखेलः पहुँचवाला एक दिनमै उड्छन्,सर्वसाधारण हप्ताै एयरपोर्टमै छुटछन् !

कर्णालीमा जहाज टिकट पाउन सि.डि.ओ देखि मन्त्रीसम्मको पावर


रामचन्द्र न्यौपाने,
डोल्पा १० कात्तिक :
कर्णाली प्रदेश अन्तर्गत पर्ने डोल्पा,हुम्ला,मुगु लगायतका जिल्लाहरुमा आवतजावतकालागि सडक यातायातको राम्रो सुविधा छैन् ।
विकट जिल्ला डोल्पा र मुगुमा सडक जोडिएपनि सडक स्तरउन्नति नहुनुका साथैँ पक्की पुलहरु नबन्दा दर्जनौ ठाउँमा गाडी परिवर्तन गरेर जोखिमपुर्ण यात्रा गर्नुपर्ने वाध्यता छ ।
यस कारण पनि कर्णालीका जिल्लामा सडकमार्गबाट यात्रा गर्न जोखिमसँगै अत्यन्तै झन्झटिलो पनि छ ।कर्णालीमा सडकको विकल्प हवाइ यातायात हो ।
जहाजमा सजिलै र छोटोसमयमै विशाल पहाड छिचोल्दै गन्तव्यमा पुग्न सकिने भएकाले कर्णालीका नागरिकहरु हप्तौ कुरेर भएनि जहाजनै रोज्ने गर्दछन् ।
जुफाल एयरपोर्टमा यात्रु खचाखच
डोल्पाको जुफाल विमानस्थलमा यात्रुहरु खचाखच भरिएका छन् ।
गाउँ घरमा दशैँ मनाएर फर्किने सर्वसाधारण,विद्यार्थी र डोल्पाका पर्यटकिय क्षेत्रहरुमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण जुफाल विमानस्थल यात्रुहरुले खचाखच भरिएकाहुन् ।
दैनिक दुई देखि तीनवटासम्ममात्र उडानहुने भएकाले दैनिक यात्रुहरु थपिँदै गएको नागरिक उड्ययन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।
पहुँचवालालाई एकैछिनमा टिकट
जुफाल विमानस्थलमा पहुँचवाला मान्छेहरु एकै दिनमा उड्ने गरेकाछन् ।
एयरलाइन्सका कर्मचारी,पाइलट,सि.डि.ओ,सांसद र मन्त्रीका मान्छेहरु एकदिनमै उड्ने गरेकाहुन् ।
जहाको आसामा जुफाल विमानस्थल पुग्ने सर्वसाधारणहरु हप्तौ जहाज कुर्दा पनि टिकट पाउँदैनन् ।
एयरलाइन्समा आवद्ध कर्मचारी र नेताहरुसँग चिनजानका व्यक्तिहरुले मात्रै टिकट पाउने गरेको एयरपोर्टमा पुगेका यात्रुहरुको गुनासो छ ।
“आफु दमको बिरामि छु,यसैको उपचारकालागि नेपालगञ्ज जान खोजेको थिए,तिन दिनसम्म कुर्दा पनि टिकट पाएको छैन्”काइके गाउँपालिका गज बुढाले दुखेसो पोखे ।
“होटेलमा बस्दा खाँदा धेरै खर्च भइसक्यो,अझ कति दिन टिकटको आसमा बस्नुपर्ने हो थाहा छैन्,कहाँ कसरी टिकट पाइन्छ थाहाँ छैन्” उनले थपे ।
अर्का फोक्सुण्डो घुम्न आएका आन्तरिक पर्यटक ललितपुरका अमन थापाले टिकट नपाएर तीनचार दिनदेखि एयरपोर्टमै थन्किएको बताए ।
“टिकट कहाँ कसरी बाँडिन्छ केही पनि थाहाँ नहुदो रैछ्,टिकट कसरी पाइन्छ भनेर सोध्दा आफ्ना चिनजान भएका ठुला मान्छेसँग फोन गराउनुस नत्र टिकट पाइँदैन भन्छन्,अनाइनबाट टिकट बुक गर्न पनि सकिँदो रहेनछ”थापाले भने ।
“कर्मचारी र पाइलटका मान्छेमात्र उड्ने रैछन्,भोली पनि नौ दश जनाको पाइलटका मान्छेहरु उड्दैछन भन्ने सुनेको छु,आफुसँगका साथीहरु पनि चारपाँच दिन देखि यतैछन्”उनले थपे ।
“एयरलाइन्सका कर्मचरी चिनेका छैनौँ,फोन गर्दा फोन उठ्दैन अब कसरी घरपुग्ने ठुलो चिन्ता छ”उनले भने ।
बिरामि समेत उड्न पाउँदैन्
जुफाल विमानस्थलबाट बिरामिले समेत उड्न नपाउने गुनासो गरेकाछन् ।
थप उपचारकालागि जिल्ला अस्पतालले रेफर गरेका र आकस्कि घटनामा परेर घाइते भएका बिरामिहरु समेत उड्न नपाउने सर्वसाधारणको गुनासो ।
एयरलाइन्सका कर्मचारीहरुले बिरामिहरु पनि छानेर आफु निकटककामात्र हाल्ने र अरुलाई वेवास्ता गर्ने गरेको ठुलिभेरी नगरपालिकाका स्थानीय जितेन्द्र शाहीले बताए ।
आफ्नै आखैँ अगाडी एक जना स्थानीय गम्भीर बिरामिलाई टिकट नदिँएर पहँुचको भरमा आएको अर्को मान्छे उडाउँदा मन खिन्न भएका उनले बताए ।
“जुफाल एयरपोर्टमा टिकट कहाँ वितरण कहाँ गरिन्छ अत्तोपत्तो छैन्,अफिस एकातिर हुन्छ,टिकट अर्कोतिर बितरण हुन्छ,जुफालका स्थानीय होटेल सञ्चालकसँग टिकट साँटगाँठ गरिन्छ,चारपाँच वटा टिकट एक दुइ दिन अगाडिनै उनिहरुलाइ दिइन्छ तर, एउटा सामान्य नागरिक एउटा टिकट लिन एयरलाइन्सका हाकिमका भान्सा कर्मचारीको खेतखेतमा मा पुगेर टिकेटको हारगुहार गर्नुपर्छ,”शाहीले दुखेसो पोखे ।
“मन्त्री र टिकेट दलालीहरु आएको केही समय भित्रै हातमा टिकट थमाइन्छ,तर आम सर्वसाधारण नागरिक हप्तौँसम्म एयरपोर्टमै रुमल्लिदा पनि टिकट पाउँदैन्,के हवाई सुविधा धनीमानी पावरवालाको मात्रै हो” उनले प्रश्न गरे ।
बर्षौ देखि एयरलाइन्सहरुको मनोमानी चलिरहँदा पनि कसैले चासो नदिएको उनको भनाई छ ।
विकट जिल्लाहरुमा एयरलाइन्सले जबसम्म फस्ट कम फस्ट सर्भिस सेवा लागुगर्दैनन् तबसम्म डोल्पाली नागरिकहरुले यसरीनै दुख पाइरहने उनले बताए ।
फोनबाटै टिकट
डोल्पामा उडानगर्ने तारा,समिट एयरलाइन्सको टिकट बितरण एकद्धार प्रणालीबाट नभएको यात्रुहरुले गुनासो गरेकाछन् ।
जुफाल एयरपोर्टमा हवाई टिकट कहाँ पाँउछ,कसरी पाँउछ स्पष्ट नभएको यात्रुहरुको गुनासो छ ।
“पहुँचवाला र तपाइलाई चिनेका सर्वसाधारणले सिधै तपाईलाई फोन गरेर टिकट बुक गराउलान,तर आम सर्वसाधारणले टिकट कसरी पाउँछन्,सबैले तपाइलाई चिनेका हुँदैनन्,सबैसँगको तपाइको फोन नंम्बर हुँदैन”सोमबार जुफाल एयरपोर्टमा निजि एयरलाइन्सका कर्मचारीलाई एक यात्रुले सोधे ।
“सर्वसाधारर्णले जहाँज जढ्न नपाईने हो,कि ठुलाबडा र टिकेट दिएबाफत थप पैसा खुवाउनेलेमात्रै उड्न पाउँछन् ? उनले अर्को प्रश्न गरे ।
यतिखेर टिकटकैलागि जुफाल विमानस्थलमा प्रत्येक दिनजसो यात्रु र कर्मचारी बिच हात हालाहालको स्थिति सिर्जनाहुने गरेको छ ।
पहुँच र पावरको भरमा टिकट नबाँडेर बिधि र प्रक्रियामा टिकट बाँड्ने ब्यबस्था मिलाउन आग्रह गरिएको छ ।
एयरलाइन्सका कर्मचारीको एउटै बोली टिकेट प्याक छ
जुफाल विमानस्थलमा सर्वसाधारणले सहजै हवाई टिकट पाउने अवस्था छैन् ।
एयरलाईन्सहरुले कहाँ कसरी टिकट बाँड्छन्,सर्वसाधारणलाई अत्तोपत्तो हुँदैन् ।
बल्ल तल्ल कर्मचारी पत्ता लगाएर टिकट मिलाइ दिन आग्रह गर्दा सधैँ कर्मचारीले टिकट प्याक भएकोमात्रै बताउने गरेको यात्रुहरुले बताए ।
डोल्पामा चिनजान र पहुँच नभएका सर्वसाधारणले जहाज चढ्न युद्ध लडेजस्तै गरेर संघर्ष गर्नुपर्ने उनिहरुको भनाइ छ ।
“एक पटकमा एउटा जहाजले सत्र अठार जनासम्म बोक्छ तर पाँचवटा टिकट बाँडेको हुँदैन सिट प्याक भईसक्यो भनिन्छ,यो सबै टिकटमा चहलखेल गर्न एयरलाइन्सका कर्मचारीको जुक्ति हो”युवा नेता तुलबहादुर बोहोराले भने ।
यदि सबैलाइ समान रुपमा हवाई सेवा प्रदानगर्ने हो भने हवाई टिकट वितरण एकद्धार प्रणालीबाट निश्चित ठाउँ तोेकेर गर्नुपर्ने उनले बताए ।
टिकटको झमेलाले दशैँमान्न घर आउँदैनन दुर्गमका नागरिक
दुर्गमका कतिपय नागरिकहरु टिकेटको झमेलाले दशैँ मान्न समेत घर आउँदैन् ।
जुफाल एयरपोर्टमाहुने टिकटको झमेलाका कारण उनिहरु चाडपर्वमा घरजाने चाहानालाई जबरजस्ती विर्सेर मन खिन्न बनाएर जहाँछन त्यही बस्ने गरेकाहुन् ।
जिल्ला बाहिर पढ्न पठाएका बालबालिकालाइ चाडपर्वमा ल्याउन र लैजान अनेक पावर पहँुच देखाउनु पर्ने गरेको त्रिपुरासुन्दरी नगरपालिकाका स्थानीय कालुप्रसाद हमालले बताए ।
“हप्ता दिन एयरपोर्टमा कुर्दा पनि सजिलै टिकट पाइँदैन्,कतिपयको परीक्षा छुटेर भविश्यनै अन्धकार हुन्छ,बर्षौ देखि डोल्पाली बिद्यार्थीहरुले जुफाल एयरपोर्टमा टिकटको समस्या झेलिरहेका छन्”उनले भने ।
बिद्यार्थीलाइ प्राथामिकतामा राखेर उडाउनु पर्ने उनको भनाई छ ।
टिकट माग्न जाँदा एयरलाइन्सका कर्मचारीहरुले राणा शासन भन्दा पनि अधिकको व्यवहार देखाउने गरेको हमालको भनाइ छ ।
आफ्ना कार्यकर्ता उडाउन मन्त्रीलेनै फाेन गर्छन्
कर्णाली विकट जिल्लामा उडान भर्ने जहाजलाई भरपर्दो सुविधा प्रदानगर्न लगाउनुको सट्टा कर्णाली प्रदेशका सांसद देखि मन्त्रीले आफ्ना कायकर्ता उडाउन एयरलाईन्सका कर्मचारीलाइ शिफारिसगर्ने गरेकाछन् ।
नेपाल एयरलाइन्सलाइ उडान गर्न लगाउनुको सट्टा प्रशासक,सांसद मन्त्री आफै आफ्ना मान्छे उडाउन निजि एयरलाइन्सका कर्मचारीसँग हवाइ टिकटको हारगुहार गर्ने गरेकाहुन् ।
एयपोर्टमा पुगेकै दिनमा आफ्ना मान्छेलाइ उडाउन सि.डि.ओ,सांसद देखि मन्त्रीसम्मको फोन आउने गरेको समिट एयरलाइन्सका कर्मचारीले बताए ।
“अहिले चाडपर्वको समय छ,एयरपोर्टमा यात्रुहरु खचाखच छन्,जसले जे भनेपनि बिरामिहरुलाइ प्राथाकिकतासाथ उठाएका छौँ”समिट एयर जुफालका प्रमुख पुर्णजंग शाहीले भने ।
“एक दिन एक दुइवटामात्र उडानहुँदा सबैलाई उठाउन सकिएको छैन्,त्यसैमा पनि आफ्ना मान्छे उडाउन दबाब दिँदै हाकिम देखि मन्त्रीहरुकोसम्म फोन आउँछ सबैलाइ मिलाएर हाल्नुपर्ने बाध्यता छ” शाहीले भने ।
उडान थप गर्न सके यात्रुहरुले सहजै टिकट पाउने उनको भनाई छ ।
सरकारी जहाजको आशा म¥यो
सरकारी जहाजको रुपमा रहको नेपाल एयरलाइन्सले बर्ष दिन धेरै भइसकेको छ ।
कर्णालीमा निजि एयरलाइन्सको सिण्डिकेटले सर्वसाधारण नागरिकले हैरानी खेपिरहँदा सरकारी जहाँजले भने लामोसमय देखि उडान भरेको छैन् ।
भौगोलिक बिकटताका कारण कर्णालीबासीलाई शहरबजारसम्म जोड्ने एकमात्र माध्यमनै जहाज हो ।
सरकारी जहाजलेनै नियमित उडानगर्न नसक्नुले पनि कर्णालीबासीले हवाई असुविधा भोगिरहेको सरोकारवालाको भनाइ छ ।
नेपाल एयरलाइन्सले परीक्षण उडानमात्रै नगरी कर्णालीका एयरपोर्टमा दैनिक दुइवटासम्म उडान गरे नागरिकलाइ धेरै सुविधाहुनेको उनको भनाइ छ ।
निजि एयरलाइन्स सेवा मुखि भन्दा नाफामुखि भएको उनिहरुको आरोप छ ।
यता नागरिक उडड्यन प्राधिकरणको कार्यालय जुफालले भने निजि एयरलाइन्सले मनोमानी गर्न नपाउने बताएको छ ।
एयरलाइन्सहरु सेवामुखि हुनुपर्ने बताउँदै लिखित तथा मौखिक उजुरी आएको खण्डमा कारवाहीकालागि माथिल्लो निकायसँग समन्वय गर्ने नागरिक उडड्यन प्राधिकरणको कार्यालय जुफालका प्रमुख अमित चौरासियाले बताए ।
उडान थप गर्न माग
प्रत्येक बर्ष जुफाल एयरपोर्टमा हुँदै आएको हवाइ टिकटको समस्यालाइ समाधान गर्न दैनिक उडान थपगर्न माग गरिएको छ ।
यदि डोल्पामा उडान भर्ने तारा र समिट एयरले दैनिक पाँचवटासम्म उडान गरे सबैले हवाइ सुविधा पाउने सर्वधारणको भनाइ छ ।
त्यतिमात्र नभइ सरकारी एयरलाइन्सलाइ उडान गर्न डोल्पालीले माग गरेकाछन् ।

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?