
रामचन्द्र न्याैपाने,
डाेल्पा १० कात्तिक : नेपाली काङ्ग्रेस निकट भातृ संगठन तरुण दल डाेल्पाले भव्यताका साथ ६८ औँ स्थापना दिवस साथ मनाएको छ ।
बुधबार सदरमुकाम दुनैमा नारा जुलुस सहित बजार परिक्रमा गर्दै जिल्ला समन्वय समितिकाे सभाहलमा विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएको हाे।
कार्यक्रमका अवसरमा दुई गुटमा विभक्त माउ पार्टीका नेतृत्वहरुलाइ एकजुट भएर अघि बड्न आग्रह गरिएको छ । पार्टी नेतृत्वहरु एक नभए आगामी निर्वाचनमा नेपाली काँग्रेसले ठुलो क्षेती व्यहोर्नुपर्ने दरुण दलकाे भनाइ छ ।
आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई एक नंम्बर बनाउन तरुण दलको मुख्य भुमिका रहेकोले सवै तरुण एक भएर पार्टी नेतृत्वको विवादलाई समाधान गर्नु पहिलो आवाश्यक्ता भएको तरुण दल डाेल्पाका अध्यक्ष तुल बहादुर बोहोराले बताए ।
आफ्ना आफ्नै गुटमा रमाइरहेका पार्टी सभापति अंगत कुमार बुढा र केन्द्रीय सदस्य कर्ण बुढाकाे असझदारीका कारण सिंगाे पार्टी कमजाेर भएको कार्यकर्ताकाे बुझाइ छ ।
दुबै नेतृत्वलाइ एक भएर अघि बड्न आग्रह समेत गरिएको छ ।
पार्टीका शिर्ष नेताहरुनै कार्यक्रममा उपस्थित नभएपछि कार्यकर्ताले आक्रोश ब्यक्त गर्दै नेताहरुलाइ समयमा सच्चिन चेतावनी समेत दिएका छन् ।
कार्यक्रममा पार्टी सचिव जयनन्द उपाध्याय,नेविसंघ जिल्ला अध्यक्ष कुशल विक्रम शाही,तरुण दल उपाध्यक्ष भिम बाेहाेरा लगायतका नेता कार्यकर्ताकाे उपस्थिति रहेकाे थियाे ।