२०८१ बैशाख ७ गते शुक्रवार

फोक्सुण्डो ताल घुम्न जाने क्रममा सुलिगार्ड खोलामा खसेर युवती बेपत्ता



रामचन्द्र न्यौपाने,
डोल्पा १० कात्तिक: हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगार्ड खोलामा खसेर एक युवती बेपत्ता भएकीछन् ।
दुनैबाट पैदल हिँडेर फोक्सुण्डो जाने क्रममा शे–फोक्सुण्डो गाउँपालिका ९ अन्तर्गत पर्ने छेप्का भन्ने स्थानबाट बिहान १० बजेतीर सुलिगार्ड खोलामा खसेर ठुलिभेरी नगरपालिका ३ दुनैबस्ने २६ बर्षिया युवती सलिना बुढा बेपत्ता भएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
बुढा हिँड्ने क्रममा खुट्टामा ठेस लागेर खोलामा खसेको र प्रहरी,सेना र आफन्त मिलेर खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?