२०८० जेष्ठ १९ गते शुक्रवार

प्रजिअ अधिकारीले भेटे पत्रकार,भने सबैसँग समन्वय गरेर अघि बड्छु



रामचन्द्र न्याैपाने,
डाेल्पा ८ कार्तिक :
डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जिल्लामा क्रियाशील प्रत्रकारहरु संग भेटघाट गरेकाछन् । जिल्लाकाे समसामयीक अवस्था बारेमा जानकारी लिन र एक आपसमा चिनजानकागर्न पत्रकारहरु संग भेटघाट गरेकाहुन् ।
भेटघाटका क्रममा पत्रकारहरुले डोल्पाली नागरिकको दैनिक जिवनमा जोडिएको विद्युत,यातायात,संचार सडक लगायत पक्षकाे सुधारकालागि पहल आग्रह गरेका थिए ।
त्यससँगै सरकारी कार्यालयबाट दिइने सेवा प्रवाह छिटाे छरिताे र गुणस्तरीय बनाउनकालागि आवश्यक समन्वय गर्न आग्रह गरे ।
डोल्पाली नागरिकहरुकालागि जिल्लाका सम्पुर्ण निकायहरु सँग समन्वय गरि नागरिकको सेवा गर्न हरप्रहर तयार रहेको प्रजिअ अधिकारीले बताए ।
पत्रकारहरुका सुझावहरुलाई टिपोट गर्दै सबै सराेकारवाला निकायसँग छलफल गरि समस्याको समाधान गर्ने उनकाे भनाइ छ ।
प्रजिअ अधिकारी यसअघि कारागार व्यवस्थापन विभाग निर्देशककाे रुपमा कार्यरत थिए ।
उनले २०६६ सालमा सहायक प्रजिअकाे रुपमा डोल्पामा काम गरिसकेकाछन् ।

प्रकाशित मिति : २०७८ कार्तिक ८ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?