२०८१ बैशाख ६ गते बिहिवार

माओवादी निकट शिक्षक संगठनकाे जिल्ला परिषद् सम्पन्न : पार्टी नेतृत्वप्रति गुनासै-गुनासा



रामचन्द्र न्याैपाने,
डाेल्पा ७ कार्तिक:नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन डाेल्पाकाे दाेस्राे जिल्ला परिषद् सम्पन्न भएकाे छ ।
आइतबार त्रिपुरासुन्दरी नगरपालिका १ अन्तर्गत पर्ने त्रिपुराकाेटमा दाेस्राे जिल्ला परिषद् सम्पन्न भएकाे हाे ।
कार्यक्रममा अवसरमा बाेल्दै शिक्षकहरुले आ-आफ्ना गुनासा र असन्तुष्टि व्यक्त गरेकाछन् ।
बाैद्विक संगठनकाे रुपमा रहेकाे शिक्षक संगठनका कार्यक्रममा जिल्ला र नगर कमिटीका जिम्मेवार पार्टी नेतृत्वनै उपस्थित नहुनु संगठन प्रतिकाे बेवास्ता भएकाे शिक्षकहरुले टिप्पणी गरे ।
पार्टीकाे सहयोगकालागि शिक्षकहरुले हर प्रहर सहयाेग गरेपनि विगत देखि भाेग्दै आएका विभेद अन्त्यकालागि केन्द्रसम्म सकारात्मक भुमिका नखेलेकाे शिक्षकहरुकाे आराेप छ ।
पार्टी नेतृत्वले बेवास्ताकै कारण संगठित सदस्यहरु सरुवा,बडुवा,श्रम शाेषण लगायतकाे उत्पिडनमा पर्नुकाे साथै सदस्यता त्यागेर फरक संगठनमा हुनेगरेकाे उनिहरुकाे भनाइ छ ।
कार्यक्रमका अवसरमा बाेल्दै एकीकृत अखिल नेपाल शिक्षक जिल्ला समन्वय समितिका अध्यक्ष प्रताप राेकायले राज्यलेनै राहत, अस्थाई,करार दरबन्दी सृजना गरेर विभेद गरेकाे बताए ।
एउटै छातामुनि बसेर अध्यापनमा संलग्न शिक्षकहरु बिच भएकाे विभेद अन्त्यकालागि पटकपटक सम्बन्धित निकायकाे ध्यानाकर्षण गराएपनि सुनुवाइ नभएको उनले बताए ।
शिक्षकका हक अधिकार संबाेधनकालागि एकजुट भएर आवाज उठाउनु पर्ने उनकाे भनाई छ ।
कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा ए.अ.ने.शि.स.का केन्द्रीय सदस्य कर्णबिर बाेहाेराकाे उपस्थिति रहेकाे थियाे ।
त्यसैगरी पार्टीकाे तर्फबाट विशेष अथितिकाे रुपमा प्रदेश कमिटी सदस्य उर्मिला विश्वकर्मा र काली चलाउनेकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा जिल्लाभरीका शिक्षकहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।
जिल्ला परिषदबाट जिल्ला समन्वय समिति र प्रदेश परिषद सदस्य समेत पुनर्गठन भएको छ ।
हेर्नुहाेस नामावली
जिल्ला समन्वय समिति
१.प्रताप राेकाय (अध्यक्ष )
२.बिष्णुप्रसाद न्याैपाने ( बरिस्ठ उपाध्यक्ष )
३.शक्ति बहादुर शाही ( उपाध्यक्ष )
४.दत्त बहादुर बाेहाेरा ( उपाध्यक्ष )
५. पदमा बुढा ( उपाध्यक्ष )
६. नरेन्द्र विक (अर्थ सचिव )
७.माेहन रावल ( सह सचिव )
८. देवराज गिरी ( सह सचिव )
९. मन बहादुर सार्की ( सचिव ) लगायतका २५ सदस्यीय समन्वय समिति गठन भएको छ ।

प्रदेश परिषद सदस्य
१.मनलाल बुढा
२.बिष्णुलाल बुढा
३.युद्व प्रसाद राेकाय
४.श्रवणकुमार राेकाय
५.देबीसरा राेकाय
६.जय बहादुर ठकुल्ला
७.देबीलाल राेकाय
८.मैता देबी सिँह
९.माेहन रावल
१०.गाेरखचन्द्र बुढा
११.राजेन्द्र राेकाय
१२.लिला पहाडी
१३.सुनकली बुढा
१४.कर्णचन्द्र राेकाय
१५.तेजेन्द्र कार्की
१६.लेसबहादुर राना
१७.शैलेन्द्र राेकाय
१८.निमा क्याल्जेन लामा
१९.बिष्णुप्रसाद न्याैपाे
२०.जुनकुमारी बुढा लगायतका ३३ सदस्यीय प्रदेस परिषद गठन गरिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?