२०८० मङ्सिर १३ गते बुधवार

डाेल्पामा पर्यटक चढेको जीप दुर्घटना,नाै जना घाइते,अवस्था सामान्य



रामचन्द्र न्याैपाने,डाेल्पा ७ कार्तिक: डाेल्पामा आन्तरिक पर्यटक चढेकाे भे १ च ९७५ नम्बरको जीप दुर्घटना भएको छ ।
फोक्सुण्डो घुमेर घर फर्किएका नाै जना यात्रु बाेकेर दुनैबाट त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानी तर्फ जाने क्रममा ठुलीभेरी नगरपालिका ९ अन्तर्गत पर्ने भित्तिमा दुर्घटना भएको हाे ।
जीप सडकबाट १५ मिटर तल खस्दा सवार नाै जना यात्रु घाईते भएकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएको छ ।
घाइते मध्ये एकजनाकाे टाउकाेकाे सिटि स्क्यान गर्नुपर्ने भएपनि अरुसबैकाे अवस्था सामान्य रहेकाे प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
जीपको स्टेरिङ फेल भएर दुर्घटना भएको डिएसपी पाण्डेकाे भनाइ छ ।
घाइते हुनेमा मकावनपूर जिल्ला हेटौडा नपा ९ निवासी ३८ ,बर्ष ३८ कै असोक सारु,बर्ष २२ का बुद्धबिर लामा
त्यसैगरी बर्ष ३९ सुरेश श्रेष्ट, बर्ष ३८ का रमेश गौतम, बर्ष ३६ का शुसिलराज गिरी,बर्ष ३१ का जिवन शर्मा,बर्ष ३८ का किरण अधिकारी घाईते भएकाछन् ।
दुर्घटनामा परि २० बर्षिय चालक जुनकोश शाही पनि सामान्य घाइते भएका छन ।
बर्षाै पुराना र प्राविधिक गडबडी भइराख्ने जीपहरु पैसाकाे लाेभमा जबर्जस्ती चलाउनाले याे घटना घटेकाे सराेकारवालाकाे बुझाइ छ ।
यस्ता सवारीसाधनलाई ट्राफिक प्रहरीले विशेष निगरानि राख्दै तुरुन्तै मर्मत गर्न लगाएरमात्र चलाउन दिनुपर्ने पर्ने उनिहरुकाे भनाइ छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?