
रामचन्द्र न्याैपाने,
डाेल्पा २० असाेज : हिमाली जिल्ला डाेल्पामा भव्यताका साथ ६६ औँ प्रहरी दिवस मनाईएकाे छ ।
बुधबार बिहान जिल्ला प्रहरी कार्यालय डाेल्पामा विभिन्न कार्यक्रमका बिच प्रहरी दिवस मनाईएको हाे ।
प्रहरी नायव उपरीक्षक राजु पाण्डेको अध्यक्षतामा तथा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हाे ।
प्रहरी दिवसका अवसरमा जग्गा प्रदान गर्ने जग्गादाताहरुलाई कदर पत्रद्धारा सम्मान गर्नुका साथै अमर प्रहरी परिवारजन तथा पुर्व प्रहरी कर्मचारीहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियाे ।
कार्यक्रममा उपस्थित अतिथिहरुले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा तथा माल्यार्पण गर्नुको साथै डिएसपी पाण्डेले प्रहरी महानिरीक्षक शैलेस थापाले पठाएको संदेश वाचन गरेर सुनाउनु भएको थियाे ।
प्रहरी दिवसकै अवसरमा यस जिप्रका परिसर भित्र ५० वटा बिभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ। त्यतिमात्र नभई दुनै मास्क नलगाई हिँडेका सर्वसाधारणलाई प्रहरीले मास्क वितरण गरेकाे थियाे ।
कार्यक्रममा बिभिन्न सुरक्षा निकायका प्रमुख,स्थानिय जनप्रतिनिधिहरु,संचारकर्मी,पुर्व प्रहरी कर्मचारीहरु,सर्वसाधारण महानुभावहरुकाे उल्लेख्य सहभागीता रहेको थियाे ।