
डाेल्पा १५ असाेज: कृषि तथा पशु पन्छी विकास मन्त्रालयका उप-सचिव विष्णु प्रसाद ज्ञावली हिमाली जिल्ला डाेल्पा पुगेकाछन्।
डाेल्पाका प्रशिद्व धार्मिक तथा पर्यटकिय क्षेत्रहरुकाे भ्रमणका क्रममा पुगेका उप सचिव ज्ञवालीले डाेल्पाकाे कृषि क्षेत्रकाे अनुगमन समेत गरेकाछन् ।
जिल्लाकाे ठुलिभेरी र त्रिपुरासुन्दरी नगरपालिकामा त्रिपुराकाेट,जुफाल,डाँगीबाडा,रह लगायतका स्थानमा पुगेर व्यवसायिक स्याउ खेती,चिना,फापर लगायतका रैथाने वाली तथा फलफुल खेतीकाे अनुगमन गरेकाहुन् ।
अनुगमनसँगै कृषकका पीडा,गुनासा सुन्ने र समाधानकालागि पहलगर्ने उनले बताए ।
डाेल्पामा बर्सेनि स्याउ बिक्री नभएर अधिकाशं कुहिएर जाने भएकाले सबै कृषकहरुलाई पायक पर्ने गरि ठुलाे शीत भन्डारण गृह निर्माणका लागि पहल गर्ने बताए ।
उप-सचिव ज्ञवालीसँगै कृषि मन्त्रालयका अधिकृत ऋषिराम तिवारी,प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना परियाेजना कार्यन्वयन इकाईका प्रमुख रामदरेश राय पनि पुगेका थिए ।
मुगुबाट सरुवा भएर डाेल्पा पदस्थापना भएकाे छाेटाे समयमै राय जिल्लाका अधिकाशं कृषहरुसँग भेटघाट छलफल गरेकाछन् ।
जिल्लामा व्यवसायिक स्याउ खेती गरिएका रंग,जुफाल,रह लगायतका बस्तीहरुमा पुगेर अनुगमन निरीक्षण गर्ने, कृषकहरुकाे समस्या सुन्ने र समाधानकालागि पहल गर्ने गरेकाछन् ।
यस बर्ष देखि काईके गाउँपालिका दलहन बाली अन्तर्गत सिमिजाेन कार्यक्रम लागिएको छ ।
डाेल्पामा प्रशसस्त स्याउ उत्पादन हुने भएतापनि सिधा सडक यातायातकाे सुविधा नहुँदा त्यसै खेर जाने गरेकाे प्रमुख रायले बताए ।
यस बर्ष उत्पादनलाई खेर जान नदिन किसान लक्षित विभिन्न कार्यक्रम रहेकाे रायकाे भनाई छ ।
राज्यले प्रदान गर्ने अनुदान सदुपयोग गर्नेहरुकालागिमात्र भएकाले बर्सेनि अनुदान लिने तर,काम नगर्ने गैर्ह कृषकहरुलाई निरुत्साहित गरिने समेत रायले बताए ।