२०८० असोज ७ गते आइतवार

नेशनल च्याम्पियनसिपमा डाेल्पाले जित्यो दुई कास्य पदक



रामचन्द्र न्याैपाने,डाेल्पा १० असाेज : नेशनल च्याम्पियनसिपमा डाेल्पाले दुई कास्य पदक जितेको छ ।
नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघले गत असोज ८ र ९ गते काठमान्डौँमा आयाेजना गरेकाे च्याम्पियनसिपमा प्रतिस्पर्धामा उत्रेका दुबै खेलाडीले कास्य पदक जितेकाहुन् ।
पदक जित्नेमा मुड्केचुला गाउँपालिका अन्तर्गत वडा नं ६ बस्ने राष्ट्रीय खेलाडी तारा शाही र त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वडा नं. ९ बस्ने दत्त बुढा रहेकाछन् ।
दुबै जनाले कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा झन्डै एक महिना बन्द प्रशिक्षण समेत लिएका थिए ।
दुर्गम जिल्लाबाट खेलमा सरिक भएर पदक जित्नु आम डाेल्पालीकालागि गाैरबकाे कुरा भएको नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स केन्द्रीय विदेश विभाग सदस्य माेहन बुढाले बताए ।
आफुले दुबै खेलाडीलाई भेटेर बधाई दिँदै आगामी दिनमा उज्ज्वल भविष्यकाे शुभकामना दिएकाे बताए ।
खेलाडीकाे निरन्तरकाे मिहेनत देख्दा आगामी बर्षहुने अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पनि सहभागी जनाउने आशा पलाएको उनलेे बताए ।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?