२०८१ बैशाख ८ गते शनिवार

जगदुल्लाले बनायो आफ्नै प्रशासकिय भवन,मुख्यमन्त्री शाहीले गरे उद्घाटन



रामचन्द्र न्यौपाने,
डोल्पा ९ असोज:डोल्पाको जगदु्ल्ला गाउँपालिकाले आफ्नै प्रशासकिय भवन बनाएको छ ।
स्थानीय सरकार गठन भएको दोस्रो बर्ष देखि निर्माणकार्य सुरु गरिएको उक्त भवनको केही समय अघिमात्रै निर्माण कार्य सम्पन्न भएको थियो ।
जिल्लाका आठवटा स्थानीय तह मध्ये सबैभन्दा पहिला तयार पारेको सुविधासम्पन्न प्रशासकिय भवनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गरे ।
यससँगै मुख्यमन्त्री शाहीले दलित वडा नं ६ मा कक्षा पाँचसम्म पढ्न मिल्ने गरि बनाईएको दलित आवासिय बिद्यालयको समेत उद्घाटन गरे ।
गाउँपालिका भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णाली सुनको थुप्रो भएकाले सदुपयोग गर्न जान्नु पर्ने बताए ।
कर्णालीका प्रचुर सम्भावनहरुको सरकारले पहिचाहन गरिरहेको बताउँदै आफु नेतृत्वको सरकार कर्णालीको भाग्य रेखा कोर्न दत्तचित्त भएर लागि परेको बताए ।
त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री गोपाल शर्माले जगदुल्ला हाइड्रो पावरलेनै यहाँका जनताको भविश्य सुनिश्च गर्ने बताए ।
त्यसैगरि पुर्व मन्त्री भण्डारीले कर्णाली चाँदीको टुक्रा सँगै स्वर्गीय आनन्द प्राप्ति गर्ने भकारी भएको बताउए ।
भवन उद्घाटन कार्यक्रममा सरिकहुन मुख्यमन्त्री शाही,अर्थमन्त्री गोपाल शर्मा,उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्द सिँह बुढा,पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी,प्रदेश सभा सदस्य बद्मीक्वारी बोहोरा लगायतका अथितिहरु हेलिकप्टरबाट जगदुल्ला पुगेका थिए ।
स्थानीय सरकार र संघिय सरकारको साझेदारीमा साडे चार करोड लागतमा बत्तीस कोठे भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायले जानकारी दिए ।
कर्णाली प्रदेशबाट पाल्नुभएका मुख्यमन्त्री शाही,मन्त्री बुढा र अध्यक्ष रोकायलाई चालीस किलोको मालाले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य बिरबहादुर शाही,पुर्व मन्त्री नरबहादुर बुढा,प्रजिअ माधव प्रसाद ढकालय लगायतका अथितिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?