२०८० जेष्ठ १९ गते शुक्रवार

अध्यक्ष भण्डारीकाे पहलमा ठुलिभेरीका एक सय सत्तरी घरधुरीलाई निशुल्क सोलार वितरण

सर्वसाधारण खुशी


रामचन्द्र न्यौपाने
डोल्पा ९ असोज : डोल्पाको ठुलिभेरी नगरपालिका वडा नं ९ का एक सय सत्तरी घरधुरीलाई निशुल्क सोलार वितरण गरिएको छ ।
कर्णाली उज्यालो कार्यक्रम अन्तर्गत वडाका सम्पुर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो ।
शनिवार एक औपचारीक कार्यक्रमका बिच मोतिपुर,डाँगीबाडा लगायतका बस्तीका नागरिकलाई भेला गरेर सोलार वितरण गरिएको हो ।
नगरपालिकाको बीस लाख र कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरीषद्को कार्यालयको पचास लाख गरेर कुल सत्तरी लाख अनुदान सहयोगमा सम्मुर्ण वडाबासी लाभान्वितहुने गरि सोलार वितरण गरिएको वडाध्यक्ष बिर्मलकुमार भण्डारीले जानकारी दिए ।
जनताको माग अनुसार प्रत्येक घरधुरीलाई दुईसय वाटको प्यानल र एकसय पचास एम्पियरको ब्याट्री निशुल्क रुपमा वितरण गरिएको भण्डारीको भनाई छ ।
“वर्तमान अवस्थामा सेवा दिइरहेको दुनै स्थित जैरीगार्ड जलविद्युतको घण्टौ लोडसेडिङ्ले जनताले हैरानी खेपेका थिए,उक्त समस्यालाई मध्येनजर राख्दै सोलार खरिद गरिएको हो,अब नागरिकहरु अन्धकारबाट मुक्त भएकाछन्”भण्डारीले भने ।
“सुरुमा नगरकार्यपालिकाले हाम्रो माग अश्विकार गरेको थियो,यद्यपी वडा नं का जनप्रतिनिधिको तीब्र दबावले नगरसभाबाट प्रस्ताप पास भएको हो,जनताको माग अनुसार योजना दिँदा हामि पनि खुशी छौँ,जनताहरु अझ धेरै खुशी भएकाछन् ।”
प्रत्येक घरधुरीलाई खरिद र ढुवानी सहित उनान्चालीस हजार पाँचसय मुल्य बराबरको सोलार वितरण गरिएको भण्डारीले बताए ।
वडा अध्यक्ष भण्डारीकाे मुख्य पहलमा कम्पनीबाट सोलार र ब्याट्री खरिद गरेर डोल्पासम्म पु¥याउन उपभोक्ता समितिले निकै हैरानी खेपेको बताईएको छ ।
भरपर्दो बत्तीको सुविधा नहुँदा प्रायःअन्धकारमा बस्दै आएका आफुहरुले सोलार पाउँदा निकैनै खुशीलागेको स्थानीय सुनकुकारी कठायतले बताइन् ।
यसरी जनता प्रत्यक्ष लाभान्वितहुने विकास योजना दिने जनप्रतिनिधि फेरि–फेरी निर्वाचितहुनुपर्ने कठायतको भनाई छ ।
निशुल्क रुपमा सोलार पाएपछि नागरिक खुशीहुनुका साथै वडा अध्यक्ष भण्डारी लगायतका सम्पुर्ण जनप्रतिनिधिलाई धन्यवाद दिएकाछन् ।

 

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?