२०८० जेष्ठ १९ गते शुक्रवार

उप–प्रमुखको सम्पति बिवरण नपठाएको भन्दै जागिरबाट निकालिए सुचनाप्रविधि अधिकृत

नगरपालिकाकाे मुल ढाेकामा ताला


डोल्पा ३ असोज: डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका सुचना प्रविधि अधिकृत हेमन्त बोहोरा जागिरबाट निकालिएकाछन् ।
नगर उप–प्रमुख चन्द्राकुमारी बुढाको सम्पति बिवरण फारम राष्ट्रिय सतर्कता केन्द्रमा नपठाएको भन्दै बोहोरा जागिरबाट निकालिएका हुन् ।
राजनितिक र व्यक्तिगत रिसिवि साधेर जागिरबाट निकालेको भन्दै नेकपा माओवादी केन्द्र नगर कमिटिले आइतबार बोहोराको पुनः बहाली र प्रमुख प्रशासकिय अधिकृतलाई कारवाहीको माग राख्दै विज्ञप्ती निकालेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पितृभक्त गिरीले पटक–पटक जागिरबाट निकाल्ने गरेको र जनप्रतिनिधिको दबावमा फेरी पुनःबहाली गर्ने गरेकोमा यसपटक निरन्तर आफ्नो जिम्मेवारी पुरा गरिरहेको कर्मचारीलाई विना कारण जागिरबाट निकालिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कर्मचारी बोहोरालाई जागिरबाट निकालिएको बिषयलाई लिएरु माओवादी केन्द्रले नगरपालिकाको मुल ढोकामा ताला समेत लगाएको छ ।
रिसिवि साधेर गरिएको निलम्बन तुरुन्त फुकुवाई गरेर जागिर पुनःवहालीगर्न विज्ञप्तीमा मार्फत आग्रह गरिएको छ ।
यदि आफुहरुको माग पुरा नगरे निरन्तर आन्दोलन गर्नुका साथै नगरपालिकाको सम्र्पुण कामकाज ठप्प पार्ने विज्ञप्ती मार्फत चेतावनी दिइएको छ ।
यता प्रमुख प्रशासकिय अधिकृत गिरीले कार्यवाहक मेयर चन्द्राकुमारी बुढाले निर्देशन दिएपछि जागिरबाट निकालेको बताएकाछन् ।
“उप–प्रमुख बुढाको सम्पति बिवरण फारम केही कर्मचारीको मिलमतोमा सुनियोजित रुपमा नबुझाएपछि अक्तियार दुरुपयोग अनुसन्धान आयोगबाट बाट पाँच हजार जरिवानाको पत्र आयो,त्यसपछि उप–प्रमुख बुढा रिसाएर जागिरबाट तुरुन्त निकाल्न भनेपछि आफुले निकालेको हुँ”गिरीले भने ।
“दश दिनकालागि निलम्बन गरिएको छ,यदि राष्ट्रिय सतर्कता केन्द्र र अक्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जरिवाना फुकुवा गरेर ल्याए पुनःबहाली गर्न सकिन्छ”गिरीले थपे ।
नगरप्रमुखले निर्देशन दिएको खण्डमा आफु कर्मचारहरुलाई कारवाही गर्न बाध्यहुने गिरीको भनाई छ ।
माओवादीले लगाएको ताला प्रहरी लगाएर खुलाईने गिरीले बताए ।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?