२०८१ बैशाख ४ गते मङ्गलवार

जनगुनासो सुन्न निर्वाचन क्षेत्रमा सांसद शाही,दस घरधुरी  माओवादी केन्द्रमा प्रवेश



डोल्पा २ असोज: कणाली प्रदेश सभा सांसद बिरबहादुर शाही आफ्नो निर्वाचन क्षेत्रमा पुगेकाछन् ।
डोल्पा प्रदेश क्षेत्र नं ख बाट निर्वाचित सांसद शाही निर्वाचन क्षेत्रका जनता पिरमर्का र गुनासा सुन्न निर्वाचन क्षेत्रमा पुगेकाहुन् ।
यससँगै कर्णाली प्रदेश सरकार र सांसद विकास कोषबाट अघिल्लो आर्थिक बर्षमा परेका विकास योजनाको स्थलगतरुपमै प्रभावकारीता बुझ्ने सांसद शाहीले बताए ।
त्यतिमात्र नभई स्थलगत अनुमनले जनताका खास समस्या पत्ता लाग्नुका साथै आगामि दिनहरुमा प्रदेश र केन्द्र सरकारबाट विकास योजना शिफारिष गर्दा सहजहुने उनको विश्वास छ ।
त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोटबाट अभियान सुरु गरेका शाहीले तल्लो डोल्पामा पर्ने जगदुल्ला र मुड्केचुला गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिकाका जनताहरुसँग पनि अन्र्तक्रिया गर्ने कार्यक्रम रहेको उनले बताए ।
यस क्रममा नेकपा माओवादी केन्द्रको संगठन विस्तार,पार्टी सदस्यता नविकरण लगायतका कामहरु समेत भइरहेको जिल्ला संयोजक मालबहादुर रोकायले बताए ।
माओवादी केन्द्र डोल्पाका नेता कार्यकर्ता तथा जनप्रतिनिधिहरु ,स्थानीय तहका इन्चार्ज सहित भएर सुरु गरिएको कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीमा आवद्ध निर्वाचन क्षेत्रका महिलाहरुसँग समेत छलफल भइरहेको महिला नेतृ काली चलाउनेले बताईन् ।
आसन्न नगर सम्मेलनको तयारीकालागि घरदैलो अभियान गरिरहेको नेतृ चलाउनेको भनाई छ ।
दश घरधुरी माओवादी केन्द्रमा प्रवेश
त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वडा नं ७ अन्र्तगत पर्ने खत्रीबाडाका दश घरधुरीमा नौ घरधुरी माओवादी केन्द्रमा प्रवेश गरेकाछन् ।
घरदैलो अभियानका क्रममा माओवादी केन्द्रलेनै सर्वहारा नागरिकको हितगर्ने भन्दै दश घरधुरी स्वतस्फुर्त रुपमा पार्टीमा प्रवेश गरेको नेतृ चलाउनेले जानकारी दिईन ।
अभियानका क्रममा सर्वसाधारणहरु अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा जोडिने क्रम जारी रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?