
रामचन्द्र न्यौपाने/डोल्पा २ असोज: डोल्पाको ठुलिभेरी नगरपालिका वडा नं ८ ले आयोजना गरेका पुरुष जिल्लास्तरीय अध्यक्ष कप भलिवल प्रतियोगितामा कप जुफाल युवा क्लवले हात पारेको छ ।
स्थानीय पर्व भाद्र पुर्णिमाको अवसरमा भदौ २८ देखि सुरु भएको अध्यक्ष कपकालागि दर्ता भएका तेह्रवटा टिमलाई पछि पार्दै जुफाल युवा क्लबले एकलाख पन्ध्र हजार पाँचसय पचपन्न नगत सहित ट्रफि र प्रमाणपत्र हात पारेको हो ।
शनिवार वडा नं ८ को खेलकुद मैदानमा भएको फाइनल खेलमा सुर्यमुखि युवा क्लब ल्हाँलाई हराउँदै जुफाल युवा क्लव बिजेत घोषणा भएको हो ।
त्यसैगरी सुर्यमुखि युवा क्लव दोस्रो बिजेत घोषणा भएको छ ।उक्त क्लवले दोस्रो पुरस्कारको रुपमा पचहत्तर हजार पाँचसय पचपन्न नगत,ट्रफि सहित प्रमाणपत्र हात पारेको छ ।
सुर्यमुखि युवा क्लबले उत्कृष्ट खेल पर्दशन गरेपनि अन्तिम अवस्थामा खेलाडिहरुको डिफेन्स गतिलो नभएकै कारण प्रथम पुरस्कार फुत्केको सहभागी दर्शकहरुले बताए ।
त्यसैगरी तृतिय पुरस्कार मुड्केचुला युवा क्लवले हात पारेको छ ।एकाउन्न हजार पाँचसय पचपन्न नगत,ट्रफि र प्रमाणपत्र सहित तृतिय पुरस्कार हात पारेको हो ।
जिल्लामा आयोजित अहिलेसम्मका कुनै भलिभल खेलहरुमा नहारेको मुड्केचुला युवा क्लवले यसपटक भने शान्दार प्रतिस्पर्धा गर्दागर्दै पराजय भोग्नु परेको टंक हमालले बताए ।
खेलमा सहभागी सबै बाँकी दशवटै समुहलाई खेलमा सहभागी जनाएवाफत नगत तीन हजार पाँच सय र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक मनराम ठकुल्लाले बताए ।
उत्कृष्ट खेलाडीको रुपमा जुफाल युवा क्लवका सुवास शाही र अनुशासित खेलाडिको रुपमा आयोजक समुहका खेलाडि चन्द्रप्र्रसाद डाँगि नगत पचपन्न सय पचपन्न र प्रमाणपत्र सहित पुरस्कृत गरिएको ठकुल्लाले जानकारी दिए ।
कोभिड महामारीमा मध्येनजर राख्दै उच्च सतर्कता अपनाउन खेलमा उपस्थित सम्पुर्ण खेलाडि र दर्शकहरुलाई मास्क तथा सेनिटाइजर वितरण गरिएको आयोजकले जनाएको छ ।
शुक्रवार आयोजित पुरस्कार वितरण कार्यक्रमको उद्घाटन तथा खेलाडिहरुलाई पुरस्कार वितरण ठुलिभेरी नगरपालिका उपप्रमुख तथा प्रमुख अतिथि योगेन्द्र बहादुर शाही,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा विशेष अतिथि धुव्र चलाउने, वडा नं ८ का अध्यक्ष हरिप्रसाद डाँगी लगायतका अथितिहरुले गरेका थिए ।
कार्यक्रममा अतिथिका रुपमा वडा नं ८ का अध्यक्ष हरिप्रसाद डाँगी,वडा नं ९ का अध्यक्ष विरमलकुमार भण्डारी,वडा नं १० का अध्यक्ष गोविन्द प्रसाद महत,वडा नं ५ अध्यक्ष कर्ण बहादुर रोकाय,वडा नं ७ का अध्यक्ष दिलविक्रम शाही,प्रमुख प्रशासकिय अधिकृत दिलप्रसाद रोकाय,लेखा अधिकृत सन्तोष खड्का लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
खेल अवलोकलनकालागि जिल्ला विभिन्न गाउँबस्तीबाट दर्शकहरु पुगेका थिए ।