२०८१ बैशाख ७ गते शुक्रवार

उपल्लो डोल्पाको पोम्जोक डाँडामा राखियो मोवाईल टावर

घरबाटै कुरागर्न पाएपछि स्थानीय खुशीले दंग


रामचन्द्र न्यौपाने /डोल्पा २८ भदौ :उपल्लो डोल्पाको डाेल्पाेबुद्व  गाउँपालिका अन्तर्गत पर्ने पोम्जोक डाँडामा नमस्ते सेवाको मोवाइल टावर निर्माण गरिएको छ ।
नेपाल टेलिकमको प्राविधिक समुहले आईतबार टावर निर्माणकार्य सम्पन्न गरेको हो ।
टावर निर्माण भएपछि नमस्तेको फोन सेवा सुचारु भएको छ ।
टावर बनेपछि शे–फोक्सुण्डो गाउँपालिकाको वडा नं १ मा पर्ने निजाल,लुरी,कोमास लगायतका ग्रामिण बस्तीहरु सञ्चारको पहुँचमा जोडिएकाहुन् ।
उक्त टावरले डोल्पोबुद्ध गाउँपालिका अन्तर्गत वडा नं ६ मा पर्ने सिमेन,फालमा समेत सेवा दिन सुरु गरेको प्राविधिक टोलीले जनाएको छ ।
दुईवटै स्थानीय तहको लगानीमा टावर निर्माण गरिएको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसीटुण्डुप गुरुङ्गले जानकारी दिए ।
टावर निर्माणकालागि आफ्नो गाउँपालिकालेमात्रै दश लाख रकम लगानी गरेको गुरुङ्गको बताए ।
यो टावर बनेसँगै उपल्लो डोल्पाका ८० प्रतिशत ग्रामिण गाउँबस्तीहरु सञ्चारको पहुँचमा जोडिएको उनको भनाई छ ।
जिल्लाकै विकट क्षेत्रको रुपमा रहेको उपल्लो डोल्पामा टावर बनेर सेवा सुरु भइसकेको शे–फोक्सुण्डो गाउँपालिका वडा नं १ का अध्यक्ष जिग्मे बुढाले बताए ।
यस अघि टेलिफोन सेवाको अभावमा कष्टकर जीवन बिताउँदै आएका नागरिकहरु अहिले घरमै बसेर देश तथा विदेशमा खबर आदान प्रदान गर्न पाउँदा खुशी भएको अध्यक्ष बुढाले बताए ।
उपल्लो डोल्पासम्म सडक बिस्तार नभएकाले टावरका सम्पुर्ण सामानहरु हेलिकप्टर चार्टर गरेर उपल्लो डोल्पा पु¥याइएको स्थानीय तहले जनाएकाछन् ।
यसरी हेलिकप्टर चार्टर गरेर सामान लैजाँदा सामान भन्दा पनि ढुवानी भाढा महंगो पर्ने गरेका उपल्लो डोल्पाबासीको गुनासो छ ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?