
रामचन्द्र न्याैपाने/डाेल्पा २२ भदाै :डोल्पामा नेकपा एमाले परित्याग गरि ४२ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।
निर्वाचन आयाेगले ताेकेकाे पार्टी राेज्न पाउने समयसिमासम्म नेकपा एमालेबाट निर्वाचित ४२ जना जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेकाहुन् ।
गत साेमबार ४१ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका थिए भने मंगलबार मुड्केचुला गाउँपालिकाका एकजना महिला सदस्यलेमात्र सनाखत गरकीहुन् ।
यससँगै नेकपा एमाले परित्याग गरेर एकीकृत समाजवादीमा सनाखतदगर्ने सँगै ४२ जना जनप्रतिनिधि भएकाछन् ।
नेकपा एकीकृत समाजवादी पार्टी रोज्नेमा नगर प्रमुख १ जना, वडा अध्यक्ष ८ जना, वडा सदस्य ११ जना, जिल्ला समन्वय समिति सदस्य ४ जना,महिला सदस्य ७ जना,दलित महिला सदस्य ६ जना,र कार्यपालिका सदस्य ५ जना गरि जम्मा ४२ जनाले नयाँ पार्टीमा सनाखत गरेकाे जिल्ला निर्वाचन कार्यालय डोल्पाका निमित्त निर्वाचन अधिकृत श्यामकुमार राईले जानकारी दिए ।
कानुन अनुसार आज भाद्र २२ गते साझँ ५ बजे पछि नयाँ दल रोज्न पाउने समय समाप्त भैसकेको निमित्त निर्वाचन अधिकृत राईले जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालय डोल्पाका अनुसार नेकपा एमाले बाट नेकपा एकीकृत समाजवादी पार्टी राेज्नेमा ठुलीभेरी नगरपालिकाबाट ३६ जना, जगदुल्ला गाउँपालिकाबाट ३ जना, त्रिपुरासुन्दरी नगरपालिकाबाट १ जना, मुड्केचुला गाउँपालिकाबाट २ जना रहेकाछन् ।
डोल्पाको काईके गाउँपालिका,डोल्पोबुद्ध गाउँपालिका,छार्काताङ्सोङ् गाउँपालिका र शे-फोक्सुण्डो गाउँपालिकाबाट निर्वाचित कुनै पनि जनप्रतिनिधि सनाखत गर्न उपस्थित नभएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य तथा एकीकृत समाजवादीका केन्द्रीय सदस्य धनबहादुर बुढाकाे पुर्ण पकट क्षेत्रकाे रुपमा रहेका चारवटा स्थानीय तहबाट एकजना जनप्रतिनिधिले पनि सनाखत गरेनन् ।
त्यतिमात्र नभई बुढाकाे गृह स्थानीय तह काइके गाउँपालिकाबाट समेत एनजना जनप्रतिनिधिले पनि सनाखत गरेनन् ।
अर्का केन्द्रीय सदस्य हंशबहादुर शाहीकाे गृह स्थानीय तह मुड्केचुला गाउँपालिकाबाट एकीकृत समाजवादीकाे पक्षमा दुई जनालेमात्र सनाखत गरेकाछन् ।
नवगठित एकीकृत समाजवादीमा माधव नेपाले भरिला नेताकाे नजरमा परे बुढा र शाहीकाे गृह क्षेत्रबाटै नगन्य जनप्रतिनिधिलेमात्रै एकीकृत समाजवादी सनाखत गरेकाले दुबैजनाकाे भुमिकाप्रति आशंका गरिएको छ ।