२०७८ असोज ११ गते सोमवार

डाेल्पामा ४१ जनाले गरे एकीकृत समाजवादीमा हस्ताक्षर,जिल्लामा सबैभन्दा ठुलाे पार्टी भएको दाबी



रामचन्द्र न्याैपाने/डाेल्पा २१ भदाै :हिमाली जिल्ला डोल्पामा एमाले छोडेर ४१ जनाले गरे समाजबादीमा हस्ताक्षर गरेका छन ।
नेकपा एमाले परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादीमा जिल्लामा ४१ जनाले सामुहिक रुपमा जिल्ला निर्वाचन कार्यालयमा पुगेर हस्ताक्षर गरेका हुन ।
कर्णाली प्रदेश उद्योग,पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिँह बुढाको नेतृत्वमा स्थानीयतहका जनप्रतिनिधिले निर्वाचन कार्यालयमा पुगेर हस्ताक्षर गरेकाहुन् ।
एमाले परित्याग गर्नेमा सबैभन्दा धेरै ठुलिभेरी नगरपालिकाका जनप्रतिनिधि रहेका छन ।
ठुलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाही सहित ८ वटा वडाध्यक्ष, ४ जना जिल्ला समन्वय समितिका सदस्य १० जना वडा सदस्य,महिला सदस्य ७ जना दलित महिला सदस्य ६ जना र कार्यपालिका सदस्य ५ गरि जम्मा ४१ जनाले हस्ताक्षर गरेको निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामकुमार राइले जानकारी दिए ।
जनप्रतिनिधि र कार्यकर्ताहरु हस्ताक्षरकालागि नाराजुलुस गर्दै जिल्ला निर्वाचनमा कार्यालयमा पुगेका थिए ।
नेकपा एमालेका नेतृत्वले धोका दिएकोले सामाजबादी रोज्नु परेको ठुलिभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीले बताए ।
जिल्ला निर्वाचन कार्यालयमा समाजबादीमा हस्ताक्षर गर्नेमा ठुलिभेरी नगरपालिकाका ३६ जना, जगदुल्ला गाउँपालिकाका ३ जना,मुड्केचुला गाउँपालिकाका १ जना र त्रिपूरासुन्दरी नगरपालिकाका १ जना रहेकाे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा कार्यकर्ताको उत्साह दिनप्रतिदिन बडिरहेकाले निर्वाचन आयाेगकाे समयसिमा २२ गते सम्म जनप्रतिनिधिहरु थप हुनेमा बिश्वस्त रहेको मन्त्री बुढाकाे दाबी छ ।
अहिले पनि जिल्लामा ठुलो पार्टी एकिकृत समाजवादीनै भएको दाबी गर्दै कार्यालय स्थापना सँगै संगठन बिस्तार तीब्र रुपमा अघि बड्ने मन्त्री बुढाले बताए ।
मौसममा बिग्रेर जहाज नउडेपछि नेपालगन्जबाट हेलीकप्टर चार्टर गरेर मन्त्री बुढा डोल्पा पुगेका हुन ।
नेकपा एमाले डाेल्पाका संस्थापक नेता एवं केन्द्रीय सदस्य हंश बहादुर शाही र डाेल्पाली राजनीतिका स्ट्राइकर रुपमा रहेका धनबहादुर बुढा समेत एकीकृत पार्टीमा रहेकोले समाजबादीनै ठुलो पार्टी रहेको नेता कार्यकर्ताकाे दाबी छ ।

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार