२०८१ बैशाख ८ गते शनिवार

डाेल्पामा गुम्बामा पुजा गर्ने बिषयमा झडपहुँदा चारजना घाईते,गम्भीर एककाे हेलीकप्टरबाट उद्धार !



रामचन्द्र न्याैपाने/डाेल्पा २० भदाै: डोल्पामा दुई समुह बिच झगडा हुदा एक जना महिला गम्भीर घाइते भएकी छिन ।
जिल्लाकाे छार्काताङसोङ गाउँपालिका अन्तर्गत पर्ने वडा नं ४ कागकोटमा दुई समुह बिच झगडा भएपछि महिला घाइते भएकी हुन ।
झडपमा भागाभाग गर्ने क्रममा गाउँकार्यपालिका सदस्य पेमाछुजुङ रोकाया लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पामा प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिए ।
डिएसपी पाण्डेका अनुसार गुम्बाको पुजा एक समुहले पहिला गरेको भन्दै अर्को समुहले झगडाको सूरुवात गरेको र सोहि क्रममा भागदौडमा रोकाया लडेर गम्भीर घाइते भएको बताए ।
टाउकोमा चोट लागेर गम्भीर घाइते पेमा छुजुङ रोकायालाइ फिष्टेल यएरको हेलीकप्टरबाट जिल्ला अस्पतालमा ल्याइ उपचार गराएपनि टाउकोमा गम्भीर चोट भएकोले काठमाण्डौ रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।
घाइते ४ जना मध्ये एकको अबस्था गम्भीर भएपनि तिनजनाको अवस्था सामान्य भएकाले अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २० गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?