२०८० जेष्ठ १९ गते शुक्रवार

नेशनल च्याम्पियनसिप अवार्ड हात पार्न डाेल्पाका दुई खेलाडी बन्द प्रशिक्षणमा



रामचन्द्र न्याैपाने/डाेल्पा २० भदाै: हिमाली जिल्ला डाेल्पाका मार्सलआर्ट्सका दुई खेलाडी बन्द प्रशिक्षणमा जुटेकाछन् ।
नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघले आगामी असोज ८ र ९ गते काठमान्डौँमा स‌चालन गर्न लागेकाे नेशनल च्याम्पियनसिपको लागि प्रशिक्षणमा जुटेकाहुन् ।
च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न मुड्केचुला गाउँपालिका अन्तर्गत वडा नं ६ बस्ने राष्ट्रीय खेलाडी तारा शाही र त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वडा नं. ९ बस्ने दत्त बुढा छनाेटमा परेकाछन् ।
दुबै जनाले कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा प्रशिक्षण लिइरहेकाछन् ।
खेलाडीहरुकाे मनाेबल उच्च राख्दै प्रशिक्षण अब्बल बन्न निरन्तर प्रशिक्षण लिईरहेकाे केन्पो खुकुरी मार्शलआर्ट्स संघ डोल्पाका अध्यक्ष निशान धरालाले जानकारी दिए ।
प्रशिक्षणमा कर्णाली प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरुको सहभागीता रहेको धरालाकाे भनाइ छ । खेलाडी शाही यस अघि पनि विभिन्न राष्ट्रिय प्रतियोगीताहरुमा सहभागी जनाएर पुरस्कार जितिसकेकीछन् ।

प्रकाशित मिति : २०७८ भाद्र २० गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?