२०८० मङ्सिर २१ गते बिहिवार

डाेल्पामा नेपाली सेनाले गर्याे काेभिड विरुद्ध सचेतना अभियान !



रामचन्द्र न्याैपाने,
डाेल्पा १३ भदाै
डाेल्पामा नेपाली सेनाले काेराना भाइरस विरुद्धको सचेतना कार्यक्रम सञ्चालन गरेकाे छ ।
शे-फाेक्सुन्डाे राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेकाे रामवाण गुल्मले आइतबार दुनै बजारमा सैनिक र्याली निकाल्दै काेराेना महामारीबाट जाेगिने उपाएहरु सिकाएको थियाे ।
नागरिककालागि सचेतना कार्यक्रम सँगै मास्क नलगाएका सर्वसाधारणलाई मास्क वितरण समेत गरिएको गुल्मका सेनानी इश्वर थापाले जानकारी दिए ।
सामान्य सचेतना नअपनाउँदा विश्वभर हजारौं नागरिकले ज्यान गुमाइरहेका बेला दुर्गमका आम नागरिकलाई सजग गराउनु अत्यावश्यक रहेकाे थापाकाे बुझाई छ ।
आगामी दिनमा पनि विभिन्न सामाजिक कार्यमा सेनाले प्रत्यक्ष सहभागीता जनाउने सह-सेनानी राेशन टन्डनले जानकारी दिए ।
कार्यक्रममा गुल्मका ३० देखि ४० जनासम्म सैनिककाे उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र १३ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?