२०८० जेष्ठ १९ गते शुक्रवार

चुनावमा जनता फकाउन अमुख बजेट ल्याएकाे दरुण दलको आराेप



डोल्पा ११ असार,
विहिबार पारीत त्रिपुरासुन्दरी नगरपालिकाले आफ्नो निति तथा कार्यक्रम जनमानसमा सस्तो लोकप्रियता कमाउन गलत मनसायबाट ल्याइएको तरुण दल डोल्पाले बताएको छ ।
शुक्रबार एक विज्ञप्ती जारी गर्दै सबैको साझा एवं जनमुखि बजेट ल्याउनु पर्नेमा आगामि निर्वाचनमा मतदातालाई प्रभावित पार्ने गरि गलत मनसायबाट विभिन्न शिर्षकमा लाखौँ बजेट विनियोजन गरिएको तरुण दलको आरोप छ ।
जनप्रतिनिधिहरुले बजेटमा आफ्नो व्यक्तिगत प्रभाव जमाउने किसिमबाट ठोस योजनामा केन्द्रित नभएर साना तथा मझौला कार्यक्रमहरुमा बजेट केन्द्रित गरको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नगर नेतृत्व दुरासाययुक्त व्यक्तिद्धारा परिचालित भएको र सो को असर जनताको सेवा प्रवाहमा समेत परेको समेत तरुण दलको आरोप छ ।
नगरप्रमुखसँग कृषि उत्पादन प्रोत्साहन कार्यक्रमकालागि ९६ लाख रकम उपलब्धिविहिन क्षेत्रमा विनियोजन गरेर आगामि निर्वाचनमा जनता फकाउने जुक्ति लगाएको तरुण दल डोल्पाका अध्यक्ष तुलबहादुर बोहोराले बताए ।
त्यतिमात्र नभई नगरपालिका भाग्य रेखा कोर्ने नगर सभाको पुर्व सन्ध्यामा सम्बन्धित वडाका वडा अध्यक्ष विभिन्न राजनितिक दलका नेतृत्व, उद्योगी, व्यापारी,सञ्चारकर्मीसँग लगायतका सरोकारवाला व्यक्तिहरुसँग राय सुझाव नमागि हिटलरी प्रवृतिबाट सभा सम्पन्न गरेको बोहोराको आरोप छ ।

नगरपालिकाले आव ०७८÷७९ का लागि ४२ करोड ४० लाख २९ हजार रकमको बजेट विहिबार ल्याएकाे थियाे ।

 

प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?