२०८० जेष्ठ १९ गते शुक्रवार

डोल्पामा ट्रयाक्टर दुर्घटना,आमाको मृत्यु,दुई बर्षिया छोरा बेपत्ता,दुई घाईते



रामचन्द्र न्यौपाने/डोल्पा ११ असार,
डोल्पाको जगदुल्ला गाउँपालिका अन्तर्गत वडा नं १ मा पर्ने हुरीकोटमा ट्रयाक्टर दुर्घटना भएको छ ।
हुरिकोटबाट बालुवा बोकेर सोही गाउँपालिकामा पर्ने माझगाउँ तर्फ जाने क्रममा लु ४ त ३२२८ नं ट्रयाक्टर काठेपुल तर्ने क्रममा खसेर दुर्घटना भएको हो इलाका प्रहरी कार्यालय काइगउँले जनाएको छ ।
दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना खोलमा बेपत्ता भएकाछन् ।दुई जना घाइते छन् ।
दुर्घटनाबाट सोही गाउँपालिका वडा नं ५ बस्ने ३५ बर्षिया सेतु विकको उपचारका क्रममा काईगउँ स्वास्थ्य चौकीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
मृतक बिकको २ बर्षिया छोरो किरण विक पनि खोलामा खसेर बेपत्ता भएको डिएसपी पाण्डेले बताए ।
विकको हातखुट्टामा गम्भिर चोट लागेपछि उपचारको लागि काइगउँ स्वास्थ्य चौकीमा पु¥याइएको थियो ।
दुर्घटनामा परेर सोही ठेगानाका बर्ष १९ का अबितिर विक र बर्ष ४५ का कुसे बिक सामान्य घाईते भएको र स्वास्थ्य चौकी उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाईते दुबैको अवस्था सामान्य रहेको र रुकुम पश्चिम चौहरजहारी नगरपालिका बस्ने बर्ष २६ का चालक ठगेन्द्र खत्री फरार रहेको प्रहरीको भनाई छ ।
चालको खोजीकार्यहुनुका साथै घटनाका बिषयमा अनुसन्धान सुरु गरिएकोे प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?