२०८० जेष्ठ २७ गते शनिवार

बाढीका कारण सदरमुकाम दुनै जाेड्ने पुलकाे बेहाल,चार पाङ्ग्रे सवारी आवागमन ठप्प



रामचन्द्र न्याैपाने,
डाेल्पा ३१ जेठ
डाेल्पा सदरमुकाम दुनै जाेड्ने रुपगाड खाेलाकाे काठे पुल धरापमा परेकाे छ ।
दुई दिनदेखिकाे निरन्तर बर्षातका कारण खाेलाकाे बहाव बडेर दुबैतीर कटान सुरु गरेपछि पुल धरापमा परेकाे हाे ।
पुल धरापमा परेसँगै चारपाङ्ग्रे सवारीसाधन अावागमन ठप्प भएकाे छ भने काम विशेषले सदरमुकाम जाने सर्वसाधारणहरु नजिकै बनाइएको बर्षाै पुरानाे जाेखिमपुर्ण पुलबाट अावतजावत गर्न बाध्य भएकाछन् ।
दैनिक उपभाेग्य बस्तुहरु अाेसारपसार गर्ने ट्याक्टर,बिरामी बाेक्ने प्रयाेगहुने जीप लगायतका सवारीसाधन खाेलाका दुई किनारमै राेकिएकाछन् ।
प्रत्येक घन्टामा बहाब बडिरहेकाले केही समयमै पुलकाे सबै काठ बनाएर लैजाने सम्भावना रहेकाे यातायात व्यवसायीले बताए ।
निरन्तर भइरहेको बर्षातका कारण बडेकाे खाेलाले पुलकाे दुबैतीरकाे तटबन्ध भत्काउनुकाे साथै कटान पनि सुरु गरेकाे स्थानीय धुर्व शाहीले जानकारी दिए ।
अझै पनि खाेलाकाे बहाव बडिरहेकाले रुपगाड बस्तीनै जाेखिममा परेकाे शाहीले बताए ।
जतिसक्दो छिटाे खाेलाकाे दुबैतिर तटबन्ध निर्माण गरेर जमिन कटान राेक्नुपर्छ,ढिला गरे अहिले बाँकी रहेकाे जमिन पनि बगाएर लैजाने सम्भावना छ शाहीले भने ।
खाेलाले अाफ्नाे मार्ग फराकिलो बनाउँदै गएकाले डराई-डराई हिँड्नुपर्ने अवस्था रहेकाे त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानीय रमानन्द उपाध्यायले गुनासो गरे ।
सदरमुकाम प्रवेश गर्ने मुख्य पुलकाे रुपमा रहेकाे उक्त काठकाे पुल बलियो ढङ्गबाट निमार्ण गरि यथाशीघ्र सुचारु गर्न सर्वसाधारणकाे माग छ ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?