२०८० असोज ९ गते मङ्गलवार

ठुलिभेरीका सबै वडामा स्वास्थ्यकर्मीकाे माेवाइल टाेली,बिरामीको मनाेबल उच्च !



डाेल्पा २६ जेठ ।
डाेल्पाकाे ठुलिभेरी नगरपालिकाका स्वास्थ्यकर्मी घर-घरमा पुगेर बिरामीकाे उपचार गर्ने गरेकाछन् ।
स्वास्थ्य संस्थासम्म पुग्न नसकेकोका बिरामीहरु खाेज्दै उपचारकालागि स्वास्थ्यकर्मी आफै घर आँगनमै पुग्ने गरेकाहुन् ।
नगरपालिकाका ११ वटै वडामा पुगेर बिरामीको एन्टिजिन परीक्षण,हाेम आईसाेलेसनमा बसेकाहरुकाे स्वास्थ्य जाँच,आैषधी वितरण लगायतका स्वास्थ्य सेवा दिँदै आएको स्वास्थ्यकर्मी सम्झना महताराले बताइन् ।
काेभिड सँग मिल्दोजुल्दो लक्षणहरु देखिएका बिरामीहरु ग्रामीण बस्तीहरुमा धेरै छन्,स्वास्थ्यकर्मीनै आँगनमा पुगेर जाँच्दा खुशीसँगै बिरामीको मनाेवल पनि उच्च भएको पायाैँ महताराले भनिन ।
जनचेतनाकाे अभावसँगै स्वास्थ्य मापदण्ड नअपनाउँदा बजारिया क्षेत्रमा भन्दा गाउँगाउँमा संक्रमण बडेकाे पाइएको उनकाे भनाइ छ ।
आफु सहित राजन डाँगी,पृथ्वी शाही ,भाेला घिमिरे,शाेभा शाही सहितकाे स्वास्थ्यकर्मीकाे समूह एकसातासम्म नगरका विभिन्न बस्तीमा पुगेर उपचार गरेर फर्किएको महताराले बताइन् ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?