२०८० असोज ७ गते आइतवार

कोरोना महामारीमा नागरिक जाेगाउन पुर्वराज्यमन्त्री बुढाको तीन लाख सहयोग !



रामचन्द्र न्यौपाने/डोल्पा १८ जेठ,
डोल्पाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पुर्वराज्य मन्त्री धनबहादुर बुढाले कोरोना विरुद्धका स्वास्थ्य सामाग्री खरिदकालागि आर्थिक सहयोग गरेकाछन् ।
विश्वब्यापी रुपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरसबाट जिल्लाका नागरिक जोगाउनकालागि नगत तीनलाख सहयोग गरेकाहुन् ।
जिल्ला सञ्चालित ‘नागरिक उद्धार कोष’कालागि दुई लाख र ‘हेल्पिङ्ग हेण्ड’ डोल्पाकालागि एक लाख नगत सहयोग गरेको पुर्व राज्यमन्त्री बुढाले बताए ।
जिल्लाका युवा अभियान्ताहरुले नागरिक जोगाउन सुरु गरेको आर्थिक संकलन अभियान अत्यन्तै प्रशंसनिय कार्य भएकाले यसमार्फत कोरोना विरुद्धको अत्यावश्यक सामग्री खरिदकालागि सहयोग गरेको बुढाको भनाई छ ।
विपन्न संक्रमित नागरिकलागि अक्सिजन सिलिण्डर,औषधि,मास्क लगाएतका महत्वपुर्ण सामग्री खरिदकालागि सबैभन्दा ठुलो राशिमा सहयोग गरेको भन्दै पुर्व राज्यमन्त्री बुढाप्रति युवा अभियान्ताहरुले आभार व्यक्त गरेकाछन् ।
दुईवटै सामाजिक संस्थाहरुले सुरु गरेको आर्थिक संकलन अभियान देश विदेशबाट सहयोग जुटिरहेको बताउँदै अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गरेर अस्पताल,स्वास्थ्य चौकी तथा स्थानीय तहमा वितरण गर्नेक्रम जारी रहेको अभियान्ता बालकृष्ण डाँगीले बताए ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?