
डोल्पा १२ जेठ,सरकारको बिरोधमा डोल्पा काङग्रेसले राँकेजुलुस निकालेको छ ।
बुधवार साँझ त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोट बजारमा राँकेजुलुस निकाल्दै सरकारको असंवैधानिक कदमको बिरोध गरेको हो ।
तरुणदल डोल्पाको आयोजनामा निकालिएको राँकेजुलुसमा संविधान मिच्न पाँइदैन,वली सरकार चाहिँदैन,प्रतिनिधि सभा पुर्नवहाली गर,वली सरकारको असंवैधानिक कदम मुद्रावाद लगाएतका नाराजुलुस समेत लगाईएको थियो ।
केन्द्रको निर्देशन अनुसार राँकेजुलुस निकाल्दै निरङ्कुस वली सरकारको असंवैधानिक कदम विरुद्ध सांकेतिक बिरोध जनाएको तरुणदल डोल्पाका अध्यक्ष तुलबहादुर बोहोराले बताए ।
यससँगै जिल्लामा सरकार विरुद्धका गतिविधिहरु चरणवद्ध रुपमा गरिने बोहोराको भनाई छ ।
राँकेजुलुसमा नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सचिव जयस उपाध्याय,पुर्व पार्टी सभापति तथा प्रभावशाली नेता दिलबहादुर बिष्ट लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।रामचन्द्र न्यौपाने