२०८० असोज ९ गते मङ्गलवार

जहाँ बिरामि बोक्न स्ट्रेचर पाइँदैन् !



रामचन्द्र न्यौपाने
डोल्पा  १०  जेठ,आज विश्वमा एक व्यक्तिको अंग अर्को व्यक्तिमा प्रत्यारोपण गर्नसक्ने प्रविधिको विकास भइसकेको छ ।तर,दुर्गमका नागरिक भने स्तरीय उपचार सेवाको त के कुरा गर्नु बिरामि पर्दा स्वास्थ्य चौकी लैजान स्ट्रेचरसम्म पाउँदैनन् ।
दुर्गमका अधिकाशं बिरामिलाई डोको र कुर्सीमा बोकेर स्वास्थ्य चौकीमा पु¥याइन्छ ।
धेरैजसो बिरामि डोको र कुर्सी समेत नपाएर आफन्त र छरछिमेकको खाली पिठ्युमा अडिएर निकोहुने आसमा स्वास्थ्य चौकी पुग्छन् ।
यसरी पिठ्युमा अडिएर स्वास्थ्य चौकीसम्म पुग्नु डोल्पाका बिरामिहरुको नियतिनै बनिसकेको छ ।
त्यसमध्येका एक ज्वलन्त उदाहारणहुन् त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वडा नं ९ चुँ गाउँ बस्ने ८० बर्षिय सुकमती रोकाय ।
उमेरले नेटो काटिसकेकी रोकाय करिब एक महिना देखि बिरामि परिन् ।उनलाई पेट दुख्ने समस्या थियो ।
घरमै सञ्चोहुने आसमा एक महिनासम्म घरेलु तथा बजारीय औषधि किनेर खुवाइयो ।तर,सञ्चोहुने छाँटकाँट नदेखिएपछि छोरा लाल बहादुर रोकायले बुधवार बिहानै आमाको उपचारगर्न अन्यत्र लैजाने तयारी गरे ।
घर नजिकैको लिकु स्वास्थ्य चौकी त्यहाँ कार्यरत कर्मचारीमा कोरोना देखिएको भन्दै एकसाताकालागि बन्द गर्न नगरले भनेको थियो ।
गाउँसम्म त कच्ची बाटो पुगेकै थियो ।तर,गाडि रिजर्भ गरेपछिमात्रै जाने भएकाले स्ट्रेचरमा बोकेरै भएपनि अस्पतालसम्म पु¥याउने रोकायले योजना बनाए ।
थप उपचारकालागि आफ्नै नगरपालिकामा केही महिना अघिमात्र सञ्चालित त्रिपुरासुन्दरी नगर अस्पतालमा लैजाने सल्लाह भयो ।
नगर अपतालमा एकजना एम.बि.बी.एस डाक्टर भएकाले स्तरीय सेवा पाउने सबैको आसा हुन्छ ।
जिल्ला सदरमुकाम दुनैमा रहेको एकमात्र जिल्ला अस्पतालमा कोरोनाका बिरामि बडेकाले बृद्ध आमालाई केही भइहाल्छ कि भन्ने डरले त्यहाँ लैजान लाल बहादुर डराएकाहुन् ।
मंगलबार रातिदेखि एकमेसले पानी परिहेको थियो ।पानी फाट्ने छाँटकाँट थिएन् ।लगातार भइरहेको बर्षातका कारण चिसो पनि ह्वात्तै बडेको थियो ।
बिरामि सिकिस्तै भएकाले हिँडाएर लैजान सम्भव थिएन् ।
बुधवार बिहानै स्ट्रेचर खोज्न रोकाय गाउँतिर डुले तर,स्ट्रेचर भने पाएनन् ।
नजिकैको लिकु स्वास्थ्य चौकी पुगे ।त्यहाँका स्वास्थ्यकर्मीले पनि स्ट्रेचर छैन् भनेर फर्काइदिए ।स्ट्रेचरका आसामा प्रहरी चौकी पुगे ।त्यहाँ स्ट्रेचर प्रहरीले दिएपछि घर फर्के ।
एकातिर स्ट्रेचरमा बोक्न चारजना लाग्ने अर्कोतिर कोरोनाका डरले कुर्सीमै बोकेर लैजाने लालबहादुरले निधो गरे ।
तर,लालबहादुरका घरमा कुर्सी थिएन् ।छिमेकीका सहयोगमो वडा कार्यालयमा कुर्सी मागेर बिरामि आमालाई बोकेर अस्पताल पु¥याए ।
बाहिर निरन्तर बर्षाद भएकाले बिरामिलाई पानीबाट जोगाउन कुर्सीलाई प्लाष्टिक बेर्नुका साथै कुर्सीको बोक्ने भागमा काठले बाँधेरै भएर पनि बिरामिलाई अस्पताल पु¥याइयो ।
संघिय संरचना अनुसार ९ नं वडामा पर्ने चुँ गाउँ पहिला साविका तीन वडामा विभक्त थियो ।सोही कारणले स्वास्थ्य स्यमं सेविका पनि तीनवटा राखिएको छ ।
“सुरुमा गाउँमा रहेका स्वास्थ्य स्यमं सेविकाहरुसँग स्ट्रेचर मागियो,आफुहरुसँग भएको स्ट्रेचर गाउँका धामि र ठुलाबडा मान्छे बोक्ने हो,अरुलाई दिन मिल्दैन भन्ने जवाफ फर्काएपछि स्ट्रेचरको खोजीमा अन्य ठाउँमा डुलिएको हो”बिरामिका ज्वाँइ सतबहादुर बोहाराले भने ।
“नेपाल सरकारले दिएको सम्पति गाउँका ठुलाबडालेमात्रै प्रयोग गर्न पाउँने,एक गरिब मान्छे बिरामि परे मर्नैलाग्दा पनि नपाउँने” बोहोराले आक्रोस व्यक्त गरे ।
सुरुमा स्वास्थ्य स्यमं सेविका र नजिकैको स्वास्थ्य चौकी चाहार्दा पनि स्ट्रेचर नपाएपछि प्रहरी चौकीबाट मागेर ल्याएको छोरा लालबहादुर रोकायले बताए ।
“बाटो पनि हिलो थियो,त्रिपुराकोट बजारमा लकडाउन पनि थियो,धेरैमान्छे भिडभाड गरेमा कोरोना सर्छ भन्ने डरले पनि पनि आमालाई कुर्सीमै बोकेर अस्पताल पु¥याएको हुँ”रोकायले भने ।
“आफुसँग त्यहि प्लाष्टिक कुर्सी पनि थिएन,त्यहि भएर पनि अरु मान्छेबाट भन्न लगाएर वडा कार्यालयबाट कुर्सी मागेर आमालाई हालेर अस्पताल ल्याएको हुँ”उनले थपे ।
“आमाको स्वास्थ्य अवस्था खासै सुधार भएको छैन्,डाक्टरले पेट साह्रो भएकाले एकपटक एक्सरे गरेर हेर्नुपर्ने बताएकाछन्, अस्पतालमा एक्सरे मेसिन रैनछ,एक्सरेकालागि जिल्ला अस्पतालमा जानुपर्छ भनेकाछन्”रोकायले भने ।
आमालाई निको नभएपछि थप उपचारकालागि जिल्ला अस्पताल लैजाने रोकायले बताए ।
“उपचार गर्न दुनैँ जाँदैन्,त्यता कोरोना रोग छ रे,यहाँ भए उपचारले सञ्चो नभएपनि म मात्रै मरुला,त्यता गए सबैलाई लाग्यो भने सबै मरिन्छ भनेर आमाले भन्नुभयो,मन भक्कानियो”छोरी शुद्धा बोहोराले भनिन् ।
त्यहि कुर्सीमै बोकेर घर लैजाउँ बरु अर्को अस्पतालमा नलैजाउ भनेको बोहोराले बताइन् ।
घर आँगनमा स्थानीय सरकार भएपनि गरिब दुखि बिरामि पर्दा कसैले सहयोग नगरेको भन्दै उनले गुनासो गरिन् ।
स्वास्थ्य चौकीमै स्ट्रेचर छैन्
लिकु स्वास्थ्य चौकीमा स्ट्रचर नभएको धेरैनै भइसक्यो ।
कोही सर्वसाधारणहरु बिरामि परेर स्ट्रेचर माग्न आइहालेमा स्वास्थ्य चौकीका कर्मचरीले स्यमं सेविका वा प्रहरी चौकीमा पठाइदिन्छन् ।
लिकु स्वास्थ्य चौकीमा पहिले देखिनै स्ट्रेचर नभएको इन्चार्ज नगेन्द्र बोहोराले बताए ।
“पहिला आएका छ वटा स्ट्रेचरहरु टोल अनुसार महिला स्वास्थ्य स्यमं सेविकाहरुलाई बाँडि सकियो,अहिले बिरामिले त्यतैबाट काम चलाउँछन्,स्वास्थ्य चौकीमा एउटा पनि स्ट्रेचर छैन्”बोहोराले भने ।
स्वास्थ्य चौकीमा कार्यरत एकजना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएकाले छ दिनकालागि बन्द गरिएको बोहोराले बताए ।
डाक्टर छन् एक्सरे मेसिन छैन्
त्रिपुरासुन्दरी नगरपालिकाले केही महिना अघिमात्र सञ्चालन गरेको नगर अस्पतालमा एकजना डाक्टर राखेपनि एक्सरे मेशिन भने राखेको छैन् ।
एक्सरे मेशिन नहुँदा एक्सरे गर्नुपर्ने बिरामिलाई तीन घण्टा टाँढा रहेको जिल्ला अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता छ ।
नगर अस्पस्तालमा एक्सरेकै लागि बिरामिलाई रिफर गर्नुपर्ने अवस्था आउनु दुखदायि भएको उपचारकालागि पुगेका एक बिरामिले गुनासो गरे ।
नगरपालिकाले नगर अस्पताल स्थापना गर्नु अघि देखिनै एक्सरे मेशिनको व्यवस्था गर्ने बताएता पनि अझै खरिद गरेको छैन् ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?